वाम गठबन्धनलाई दुई तिहाइ

वाम गठबन्धनलाई दुई तिहाइ

काठमाडौं : प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार राति ११ बजेसम्म १ सय ५८ स्थानको नतिजा सार्वजनिक भएको छ। घोषित परिणामअनुसार एमाले-माओवादीको वाम गठबन्धनले दुई तिहाइ स्थानमा जित हासिल गरेका छन्। एमालेले सबैभन्दा बढी ७६ र माओवादीले ३६ गरी कुल १ सय १२ स्थान जितेका हुन्।

त्यसैगरी, कांग्रेसले २१, संघीय समाजवादी फोरमले १० र राजपाले १० स्थानमा जित हात पारेका छन्। नयाँशक्ति, राजमो, नेमकिपा र राप्रपाले एक-एक स्थानमा जित निकालेका छन् भने एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। अब ७ स्थानको मात्रै नतिजा आउन बाँकी छ। नतिजा आउन बाँकीमध्ये पाँच स्थानमा एमाले र दुई स्थानमा राजपाको अग्रता छ।

३ सय ३० सिटको प्रदेशसभामा भने वाम गठबन्धनले २ सय २७ र कांग्रेसले ३९ स्थान जितेका छन्। त्यसैगरी, संघीय समाजवादी फोरम नेपाल २२, राष्ट्रिय जनता पार्टी नेपाल १५, राष्ट्रिय जनमोर्चा नेपाल २, नयाँ शक्ति २, नेमकिपा १ र स्वतन्त्र २ सिटमा विजयी भएका छन्। अन्य क्षेत्रको मत गणना जारी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.