दल बदल्ने यी भाग्यमानी

दल बदल्ने यी भाग्यमानी

काठमाडौं : संघीय समाजवादी फोरम छाडेर कांग्रेसबाट टिकट लिएका अभिषेकप्रताप साहले कपिलवस्तु-३ मा बाजी मारे । उनी फोरमकै मंगलप्रसाद गुप्तालाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् । साह ०६४ का सबैभन्दा कान्छो सभासद् हुन् ।

राजपा छाडेर सूर्य चिह्नमा निर्वाचन लडेका हृदयेश त्रिपाठी नवलपरासी १ बाट निर्वाचित भए । कांग्रेसका देवकरणप्रसाद कलवारलाई हराउँदै त्रिपाठी निर्वाचित भएका हुन् । उनीसँगै राजपा छाडेका बृजेश गुप्ताले सूर्य चिह्नबाटै कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरे ।

स्थानीय निर्वाचनका बेला फोरम (लोकतान्त्रिक) बाट वीरगन्ज महानगरपालिका प्रमुखमा पराजित भएपछि संघीय समाजवादी फोरममा प्रवेश गरेका विमल श्रीवास्तव पनि पर्सा २ मा निर्वाचित भएका छन् । कांग्रेसका अजय चौरसियालाई हराउँदै उनले बाजी मारेका हुन् ।

यता, लोकतान्त्रिक फोरमबाट माओवादी केन्द्र प्रवेश गरेका रामेश्वर राय यादव सर्लाही-३ बाट निर्वाचत भए । कांग्रेस उम्मेदवार हरेशप्रसाद महतोलाई पछि पार्दै यादवले विजय हासिल गरेका हुन् । यता, नयाँ शक्तिबाट माउ पार्टी माओवादी केन्द्रमै फर्किएका देवेन्द्र पौडेल पनि बाग्लुङ २ बाट निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बासिन्दा पौडेलले कांग्रेसका नीरज पुनलाई पराजित गरेका हुन् ।

 असफलता व्यहोर्नेहरू

काठमाडौं : एमालेबाट माओवादी, नयाँ शक्ति हुँदै पुनः माओवादी प्रवेश गर्दै धनुषा-२ बाट निर्वाचन लडेका रामचन्द्र झाले भने चुनावमा हार व्यहोर्नुपर्‍यो । उनी संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । यसैगरी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा विलय भएपछि कैलाली-३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका रामजनम चौधरीले पनि पराजय व्यहोर्नुपर्‍यो । उनी माओवादी केन्द्रका गौरीशंकर चौधरीसँग पराजित भए ।

यता, फोरम लोकतान्त्रिक हुँदै निर्वाचनअघि कांग्रेस प्रवेश गरेका गोपाल दहित पनि प्रतिस्पर्धामा तल परे । दहित बर्दिया-२ बाट माओवादी केन्द्रका सन्तकुमार थारूसँग पराजित भएका छन् ।

एमालेबाट टिकट नपाएपछि कांग्रेस प्रवेश गरी चुनाव लडेका मोहनसिंह राठौर एमालेका उम्मेदवार झपटबहादुर रावलसँग पराजित भएका छन् । राठौर विगतमा शिक्षा राज्यमन्त्री छँदा रावल उनका निजी सचिव थिए । यस्तै, राजपा छाडेर सूर्य चिह्नमै लडेका राजपाका अर्का नेता पशुपतिदयाल मि श्र पनि बाँके-२ बाट हारे ।

मि श्रलाई संघीय समाजवादी फोरम नेपालका मोहम्मद इस्तियाक राईले पराजित गरेका हुन् । यता, माओवादीबाट कांग्रेस प्रवेश गरेका सर्लाही-१ का उम्मेदवार शम्भुलाल श्रेष्ठ प्रतिस्पर्धामा तेस्रो नम्बरमा परेका छन् ।

उक्त क्षेत्रबाट एमालेका ध्रुवप्रसाद गौतम अघि छन् भने राजपाका प्रमोद साह कडा टक्करमा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.