‘संविधान जीवित होस्'

‘संविधान जीवित होस्'

काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभा चुनाव प्रचारक्रममा बम विस्फोटनमा परी शरीरको छाला जलेका र दुवै खुट्टा छियाछिया भएका कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) ले आफैँलाई मतदान गर्न पाएनन् । उदयपुर २ बाट प्रतिनिधिसभामा उठेका उनी चुनावमा पराजित भए पनि निरास छैनन् । भेट्न आउने शुभेच्छुकलाई शिक्षण अस्पतालको शड्ढयाबाट कामना गर्दै भन्छन्, ‘लोकतन्त्रको संरक्षण होस् । संविधान दिगो बनोस् ।'

आफूलाई झन्डै १६ हजार मतदाताले भोट दिएकोमा उनी आभारी छन् । उनको क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका उम्मेदवार सुरेश किराँती विजयी भएका छन् । कार्की भन्छन्, ‘लोकतन्त्रलाई मजबुत पार्ने काममा देशभरका सबै मतदाताले चासो दिनुपर्छ।'

गत मंसिर १३ गते उनलाई लक्ष्य गरी बम विस्फोटन गराइएको थियो । चुनावीसभालाई सम्बोधन गर्न जाँदै गर्दा उदयपुरको गढी गाउँपालिका–६ मा उनी सवार बोलेरो जिप विस्फोटनमा परेको थियो । उनको दुवै खुट्टा फ्याक्चर भएको छ । कुर्कुच्चाको हड्डी क्षतविक्षत छ । शरीरको छाला जलेको छ । खुट्टाको रगत बहने नसामै क्षति पुर्‍याएको छ । खुट्टामा स्टिल राखेर सहज बनाउने प्रयास चिकित्सकहरूले गरेका छन् । तिघ्राको मासु झिकेर हत्केलामाथिको भागमा टाँसिएको छ ।

चिकित्सकले करिब दुई महिना अस्पतालमै बस्नुपर्ने बताएका छन् । उनको हेरचाहका लागि परिवारका सदस्यका साथै शुभेच्छुकहरू अस्पताल आउने गरेका छन् । स्थानीय उदयपुरगढी माध्यमिक विद्यालयमा शिक्षक रहेका कार्की राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनी २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

कार्कीसँगै घाइते भएका उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटुवालले पनि मतदान गर्न पाइनन् । उनले बायाँ खुट्टा गुमाइन् । चुनावी मतगणना भइरहँदा उनले आँखा मोबाइलकोे अनलाइन न्युजतर्फ केन्द्रित भयो । समाचार हेर्न हातमा मोबाइल छुटेको छैन । २३ वर्षीया कटुवाल भन्छिन्, ‘बम विस्फोट गराउनेहरूलाई भन्ने कुनै शब्द नै छैन । जति भत्र्सना गरे पनि कम हुन्छ । लोकतन्त्र जीवित होस् भन्ने कामना छ । संविधान कार्यान्वयन होस् ।' अब कृत्रिम खुट्टाको सहारामा भए पनि राजनीतिमै समाहित हुने दृढतासमेत उनले व्यक्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.