कञ्चनपुर ३ मा भट्ट विजयी, लेखक २५८ मतले पराजित

कञ्चनपुर ३ मा भट्ट विजयी, लेखक २५८ मतले पराजित

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी धक्का बेहोरेको नेपाली कांग्रेसका अर्का एक प्रभावशाली नेताले झिनो मतान्तरले चुनाव हारेका छन्। कञ्चनपुर ३ बाट कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले २५८ मतले निर्वाचनमा पराजय बेहोरेका हुन्।

लेखकलाई वाम गठबन्धनका उम्मेदवार एमालेका दीपकप्रसाद भट्टले २६ हजार ३६४ मत ल्याएर पराजित गरे। लेखकले २६ हजार १०६ मत ल्याए।अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका भट्ट २०५२ सालदेखि राजनीतिमा सक्रिय छन्। २०५८ सालमा राष्ट्रिय परिषद सदस्य, २०५८ मा अनेरास्ववियु अध्यक्ष र २०६७ सालमा सम्पर्क समन्वयन कमिटीका सदस्य रहेका भट्ट सेना समायोजन विशेष समितिका सदस्य समेत थिए। 

प्रदेश नम्बर ७ बाट प्रतिनिधिसभामा १६ सिट रहेकोमा कांग्रेसले एउटामात्र सिट जितेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुराबाट चुनाव जितेका हुन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.