सबै क्षेत्रमा वाम गठबन्धन, ८ हजार २ सय मत बदर

सबै क्षेत्रमा वाम गठबन्धन, ८ हजार २ सय मत बदर

बनेपा: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि काभ्रेपलाञ्चोक जिल्लाका सबै ६ सिट वाम गठबन्धनले जितेको छ । सोमबार बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

काभ्रेको प्रतिनिधिसभा १ मा माओवादी केन्द्रका गंगाबहादुर दोङले ४३ हजार ६ सय ३१ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका तीर्थ लामाले ३९ हजार ६ सय ५ मत पाए ।
काभ्रेको प्रदेशसभा १ ‘क' मा वाम गठबन्धनका रत्न ढकाल ठूलो मत अन्तरले विजयी भए । उनले २५ हजार १ सय ६ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सिबी लामाले १७ हजार ८ सय ५५ मत पाए । काभ्रे १ को प्रदेशसभा ‘ख' मा वाम गठबन्धनका चन्द्र लामाले २४ हजार ४ सय ४७ मत ल्याएर जिते भने उनका प्रतिस्पर्धी कांग्रेसका गणेश लामाले २० हजार २ सय ७० मत पाए ।

काभ्रे प्रतिनिधिसभा २ मा एमालेका गोकुल बाँस्कोटा ५४ हजार ४ सय २७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ पाए । बाँस्कोटाले आचार्यलाई १७ हजार ८ सय ४८ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

काभ्रे २ को प्रदेशसभा ‘क' मा एमाले नेता लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मतले विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका सुन्दरमणि आचार्यले १६ हजार ५ सय ८९ मत पाए । काभ्रे २ को प्रदेशसभा ‘ख' मा एमालेका उम्मेदवार वसुन्धरा हुमागार्इं धेरै मतअन्तरले जितेका छन् । हुमागार्इंले २८ हजार ६ सय ७७ मत प्राप्त गरी जितेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका कञ्चनचन्द्र बादेले २१ हजार ७ सय ८० मत प्राप्त गरे । प्रतिनिधिसभा २ मा ९९ हजार ३ सय २८ मत खसेकोमा ४ हजार ९९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

काभ्रेमा मत बदर ४ प्रतिशत
काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ४ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । काभ्रे प्रतिनिधिसभा १ मा खसेको ९९ हजार ३ सय २८ मतमध्ये ४ हजार ९९ मत बदर भएको छ भने काभ्रे २ मा कुल खसेको ९३ हजार ५ सय ४२ मतमध्ये ४ हजार २ सय मत बदर भएको निर्वाचन कार्यालय काभ्रेका प्रमुख मधुकर पोखरलले जानकारी दिए ।

सर्वसाधारणले मतदाता शिक्षा कमजोर भएकाले ४ प्रतिशत मत बदर भएको बताएका छन् । जिल्लाका कुल २ लाख ७२ हजार २ सय ९२ मतमध्ये १ लाख ९२ हजार ८ सय ७० मत अर्थात् ७३ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

काभ्रे कांग्रेसको बधाई
काभ्रे कांग्रेसले वाम गठबन्धनका विजयी उम्मेदवारलाई बधाई दिएको छ । पार्टीले सोमबार बिहान गरेको पत्रकार सम्मेलनमा चुनाव प्रचारप्रसार समितिका अध्यक्ष तथा पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाईंले ६ क्षेत्रबाट निर्वाचिन वाम गठबन्धनका उम्मेदवारलाई बधाई दिँदै काभ्रेलाई समृद्ध बनाउने अभियानमा कांग्रेसको साथ रहने बताए । निर्वाचनमा हारजीत स्वाभाविक भएको बताउँदै कांग्रेसलाई मतदान गर्ने सबैलाई धन्यवाद दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.