गृहजिल्ला छाडेपछि कार्कीलार्इ सफलता

गृहजिल्ला छाडेपछि कार्कीलार्इ सफलता

धरान: गृहजिल्ला भोजपुरबाट सफलता हात पार्न नसकेका कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । क्षेत्र नम्बर ४ मा कार्कीले ३२ हजार तीन सय ४७ मत प्राप्त गरी एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले २५ हजार सात सय ५० मत प्राप्त गरेका छन् ।

विगतमा भोजपुरबाट चुनाव लड्दा आफ्नै पार्टीका नेता बागी बनेपछि कार्कीले जित हात पार्न सकेका थिएनन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री बनेदेखि नै उनी सुनसरीमा पार्टी संगठन विस्तारमा लागेका थिए । उनको जितले सुनसरीको विकासमा थप सहयोग पुग्ने मतदाताको अपेक्षा छ ।

‘सुनसरीवासीले जसरी मलाई जिताएका छन्, उहाँहरूको मतको कदर गर्दै यस क्षेत्रको विकास निर्माण र अन्य कामका लागि सदैव लागिरहनेछु’, उनले अन्नपूर्णसँग भने । आफूले मतदातासामु गरेका प्रतिबद्धता पूरा गरी नेपाली भूमि अतिक्रमण भएको विषयलाई कूटनीतिक ढंगले समाधान गर्न पहल गर्ने उनले बताए ।

क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट एमाले सचिव भीम आचार्य विजयी भएका छन् । आचार्यले २० हजार दुई सय ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुद्धि कटवालले १२ हजार नौ सय ६४ मत ल्याएका छन् । क्षेत्र नम्बर १ कै प्रदेशसभा (१) मा एमालेका प्रदीप भण्डारी १९ हजार दुई सय ४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १३ हजार सात सय ७० मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका जयकुमार राईले संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई भारी मतान्तरले पराजित गरेका छन् । जयकुमारले ४४ हजार पाँच सय २८ मत प्राप्त गर्दा अशोकले २२ हजार एक सय २३ मत ल्याएका हुन् । खोटाङ, उदयपुरबाट चुनाव लड्दै आएका अशोक यसपटक कांग्रेसको समर्थनमा सुनसरीबाट उठेका हुन् ।

क्षेत्र नम्बर २ को प्रदेशसभा (१) मा एमालेका सर्वध्वज साँवा २४ हजार ६ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हेमकर्ण पौडेलले १९ हजार दुई सय ४५ मत प्राप्त गरेका छन् । साँवाले इटहरीलाई प्रदेश नम्बर १ को राजधानी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा एमालेका लिलम बस्नेत १९ हजार ६ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार थापाले १७ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर ४ (१) मा एमालेका जगदीश कुसैयत १६ हजार ६ सय ९० मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रेवती दुलालले १५ हजार दुई सय ८२ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ४ कै प्रदेशसभा (२) मा कांग्रेसका महम्मदताहिर मियाँ ११ हजार आठ सय २५ मत प्राप्त गरी विजयी भएका छन् ।

कांग्रेसका मेहता विजयी
इटहरीः वाम गठबन्धनका उम्मेदवारलाई झन्डै ६ हजार मतले पराजित गर्दै सुनसरी क्षेत्र नम्बर २ बाट कांग्रेसका सीताराम मेहता विजयी बनेका छन् । मेहताले ४१ हजार चार सय ९५ र वामपन्थी उम्मेदवार डम्बरु सुवेदी (हिमाल)ले ३५ हजार तीन सय ४९ मत प्राप्त गरेका छन् । यो क्षेत्र एमालेको किल्ला मानिँदै आए पनि कांग्रेसका मेहताले जित हासिल गरेका हुन् ।

मेहताले अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्यमा जित हासिल गरेका थिए । क्षेत्र नम्बर २ बाट एमालेका रेवतीरमण भण्डारी आठ हजार मतान्तरले विजयी बनेका थिए । निर्वाचन क्षेत्र परिमार्जन भई २ मा दक्षिण सुनसरीका केही गाविस समेटिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.