धनुषा प्रतिनिधिसभा १ मा मातृका यादवको जित

 धनुषा प्रतिनिधिसभा १ मा मातृका यादवको जित

जनकपुरधाम :  प्रतिनिधिसभा अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएका छन्। यादवले २६ हजार ४ सय १८ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीले १७ हजार २ सय १६ मत ल्याए। धनुषा १ मा नेपाली कांग्रेस तेस्रो स्थानमा पुगेको छ। कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगानाले १५ हजार ६ सय ७९ मत प्राप्त गरे।

२०२८ सालमा कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका यादव २०३४मा चौथो महाधिवेशनबाट मसालमा प्रवेश गरेका थिए। माओवादी जनयुद्धका बेला उनले मधेस ब्युरोको नेतृत्व गरे। २०६३ सालको अन्तरिम व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका यादव २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका थिए। २०६३ सालमा वनमन्त्री र २०६५ सालमा भूमिसुधार मन्त्री बनेका मातृका आफ्ना भ्रष्टाचारविरोधी अभियानका कारण देशैभरी चर्चित भएका थिए।

उनी वनमन्त्री भएका बेला ललितपुरका तत्कालीन स्थानीय विकास अधिकारीलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै शौचालयमा थुनेका थिए। ललितपुरमा सञ्चालित ढुंगाखानीले वातावरणमा असर गरेको भन्दै खानी बन्द गर्न यादवले निर्देशन दिँदा पनि स्थानीय विकास अधिकारीले नमानेपछि आक्रोशित भएका यादवले उनलाई शौचालयमै थुनेका थिए।नेपाली नागरिकताको प्रमाण पत्र लिन ढाका टोपी नै लगाएको तस्बिर राख्नुपर्ने व्यवस्थाविरुद्ध समेत लडाई लडेर समेत उनी निकै प्रख्यात भएका हुन्।

उनले आफ्नो छोरा अमरकुमार यादवलाई नागरिकता दिलाउन बिना टोपीकै तस्बिरसहितको फोटो राखेर नेपाली नागरिकताको प्रमाण पत्र पाउनुपर्छ भन्ने अडान राखेका थिए। पछि बिना ढाका टोपीकै नेपाली नागरिकताको प्रमाण पत्र उनले आफ्ना छोरालाई दिलाए। जो कि नेपालमै ऐतिहासिक परिवर्तन थियो। शान्ति प्रक्रियामा आउँदा अनमिनका प्रमुख इयान मार्टिन समक्ष मधेस मुद्दालाई अन्तर्राष्ट्रियकरण गराउन दवाव दिएका मातृकाकै कारणले मधेस भन्ने शव्द संयुक्त राष्ट्र संघमा पहिलो पटक पुगेको हो।

जनआन्दोलन पश्चात गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संसदमा मातृका यादव पनि सांसद बने। कोइरालाको नेतृत्वमा उनलाई वन मन्त्री बनाइयो । मन्त्री पदको शपथ लिँदा मैथिली भाषामा नै शपथ लिने अडान लिएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अस्वीकार गरेका थिए। तर, मातृकाको अडानसामु कोइराला पनि वाध्य भए। त्यसपछि नेपालको इतिहासमा पहिलो पटक उनले मैथिली भाषामा मन्त्री पदको शपथ लिएका थिए।

धोतीकुर्ता पहिरणमा मैथिली भाषामा शपथ लिएपछि उनी मिथिलाञ्चल क्षेत्रमा अत्यन्तै चर्चित भएका थिए।
अन्तरिम कालमा उनी दुई पटक मन्त्री बने भने पहिलो संविधानसभामा प्रचण्डको नेतृत्वमा समेत एक पटक मन्त्री बने।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.