प्रदेश २: मुख्यमन्त्री पदमा राजपा कि फोरम

प्रदेश २: मुख्यमन्त्री पदमा राजपा कि फोरम

वीरगन्ज: प्रदेश २ का प्रदेशसभाका ६४ सिटमध्ये झन्डै आधा सिट राजपा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनले जितेको छ। संघीय फोरम–राजपा गठबन्धनकै नेतृत्वमा प्रदेशसभा गठन हुने सम्भावना देखिन्छ। तर, नेतृत्वका लागि गठबन्धन नै पर्याप्त भने छैन। वाम वा लोकतान्त्रिक गठबन्धनको सहयोगको खाँचो देखिन्छ।

प्रदेशसभा सदस्यतर्फ सोमबार रातिसम्म सार्वजनिक भएको प्रत्यक्षतर्फको नतिजा अनुसार संघीय फोरमले १६ र राजपाले १२ सिट जितेको छ। प्रत्यक्षतर्फको नतिजालाई आधार मान्दा प्रदेशसभाको समानुपातिकमा पनि यही गठबन्धनको अग्रता हुने आकलन गरिएको छ। प्रत्यक्ष र समानुपातिकको सिट जोड्दा गठबन्धनले बहुमत आउने दाबी गरिरहेको छ।

प्रदेशसभाको नतिजासँग प्रदेश २ को भावी मुख्यमन्त्रीको चर्चा सुरू भइसकेको छ। प्रदेशसभा गठनको चर्चासँगै मधेसी गठबन्धनमा भावी मुख्यमन्त्री संघीय फोरम कि राजपा कुन दलबाट हुने भन्ने बहस सुरू भएको छ ।

प्रदेशसभामा दुई दलमध्ये जसको सांसद बढी हुन्छन्, भावी मुख्यमन्त्री पनि त्यही दलले दाबी सम्भावना छ । चुनावी तालमेल गर्दा भावी मुख्यमन्त्री कुन पार्टीबाट को हुन् भनेर दुवै पार्टीबीच सहमति भइसकेको छैन । तर, गठबन्धनमा दुवै पार्टीमा नेताहरूको राजनीतिक लगानी र योगदानले पनि भावी मुख्यमन्त्रीको दाबेदारीमा महत्वपूर्ण भूमिका रहने बताइएको छ।

प्रदेशसभाको पूरै नतिजा नआइसकोले अहिले नै मुख्यमन्त्री पद कुन दललाई दिने भनेर भन्नु हतार हुने बताउँछन्, संघीय फोरमका एक केन्द्रीय नेता। उनले चाँडै दुवै दलका शीर्ष नेताको बैठक बसेर टुंगो लाग्ने प्रष्ट पारे।

राजपाका दाबेदार सोनार
बारा ४ ‘ख' बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजपाका महामन्त्री जितेन्द्र सोनार प्रदेश नम्बर २ को भावी मुख्यमन्त्रीका एक दाबेदार हुन्।
उनले नेपाल सद्भावना पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।

पहिलो मधेस आन्दोलन ताका वीरगन्ज आन्दोलनको मोर्चा उनैले सम्हालेका थिए। तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल गठनमा सक्रिय भूमिका निर्वाह गरे पनि सोनल तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका थिए। तमलोपाबाट ०६४ को संविधानसभा निर्वाचनमा बारा ४ बाट सभासद्मा निर्वाचित भएका थिए।

०७० को संविधानसभाको निर्वाचनमा भने यही क्षेत्रमा एमालेकी नजमा खातुनसँग पराजित भएका भए। प्रदेश २ को मुख्यमन्त्रीकै लागि उनले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिएर प्रदेशसभा रोजेको बताइन्छ। त्यसो त सप्तरी २ ‘ख' बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजपा सह-महामन्त्री मनिषकुमार सुमन पनि मुख्यमन्त्रीका अर्का आकाँक्षी हुन्। तर, राजपाले मुख्यमन्त्री पाउँदा दाबेदारीमा सुमनभन्दा सोनलकै पल्ला भारी देखिन्छ।

संघीय फोरमबाट लालबाबु
संघीय फोरमले प्रदेश २ को मुख्यमन्त्री पाउँदा पार्टीका राष्ट्रिय उपाध्यक्ष लालबाबु राउत गद्दी पनि मुख्य दाबेदार देखिन्छन् । उनी पर्सा १ ‘ख' बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । वीरगन्ज महानगरपालिकाको अधिकृतको जागिर र प्रध्यापन पेशा छोडेर पहिलो मधेस आन्दोलन ताका तत्कालीन मधेसी जनअधिकार फोरमबाट राजनीतिक यात्रा प्रारम्भ गरेका गद्दी, दो श्रो संविधानसभा निर्वाचनबाट तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट समानुपातिकबाट सभासद् बनेका थिए।

संघीय फोरमका प्रखर वक्ताका रूपमा परिचित उनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनभन्दा पहिलेदेखि दाबेदारी प्रस्तुत गर्दै आएका थिए। निर्वाचनमा मतदातासँग पनि भावी मुख्यमन्त्री रूपमा मत मागेका थिए। संघीय फोरमबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी पार्टीको शीर्ष तहका नेता हुन्। त्यसैले पनि उनको सम्भावना उत्तिकै छ।

त्यसो त, धनुषा २ ‘ख' बाट प्रदेशसभा सदस्यमा निर्वाचित फोरमकै अर्का नेता रामाशीष यादव पनि मुख्यमन्त्रीको दाबेदार हुन्। उनले धनुषा २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित फोरमका नेता उमाशंकर अरगरीयाको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैले यादवको पनि सम्भावना उत्तिकै छ । यादव, नेपाल पत्रकार महासंघ धनुषाको पूर्वअध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.