नोभोटिङको मागदेखि खालीसम्म

नोभोटिङको मागदेखि खालीसम्म

पोखरा: प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कास्कीमा ९ हजार १३ मत बदर भएको छ। मतदाता शिक्षाको कमीको कारण एउटै मतपत्रमा दुईवटा चिह्नमा छाप लगाउनेदेखि जानी–जानी पूरै चिह्नमा मतदान गर्ने, मतपत्रमा नो भोटको अधिकार हुनुपर्ने मागसमेत लेखेको पाइएको छ।
प्रतिनिधि सभाको निर्वाचनमा ५ हजार २ सय १५ र प्रदेशसभा तर्फको निर्वाचनमा ३ हजार ७ सय ९८ मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले बताए । बदर मतमध्ये धेरैजसो एउटै मतपत्रमा दुईवटा छाप लगाइएको पाइएको हो । त्यसपछि दुईभन्दा धेरै चुनाव चिह्नमा भोट राख्ने र छाप नलगाई खाली मत खसाल्ने गरेको पाइएको मुख्य निर्वाचन कार्यालयका कर्मचारी राजेन्द्र प्रसाद पौडेलले सुनाए । सामानुपातिकतर्फको मतपत्रमा मतदाताले १ सय १५ ठाउँमा भोट हालेको समेत पाइएको छ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र ३ मा २१ हजार १ सय ३९ मत भएको छ । त्यसपछि निर्वाचन क्षेत्र १ मा १ हजार ६ सय १२ र सबैभन्दा कम बदर भएको निर्वाचन क्षेत्र २ मा पनि १ हजार ४ सय ६४ मत बदर भएको हो । प्रतिनिधिसभाको निर्वाचनमा कास्कीमा खसेको १ लाख ८० हजार ८ सय ४६ मध्ये १ लाख ७५ हजार ६ सय ३१ मत सदर भएको छ भने ५ हजार २ सय १५ मत बदर भएको निर्वाचन कार्यालयले बताएको छ । बदर मत कुद खसेको मतको २.८८ प्रतिशत हो।

यसैगरी प्रदेश सभामा प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नम्बर ३ को ‘क' मा ७ सय ६७ वटा मत बदर भएको निर्वाचन कार्यालयले बताएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फको सबैभन्दा कम बदर मत निर्वाचन क्षेत्र नम्बर २ को ‘ख' मा ४ सय ४८ वटा मत मात्र बदर भएको छ । प्रदेशसभाको निर्वाचनमा १ लाख ८० हजार ८ सय ३ मत खसेकोमा १ लाख ७६ हजार ९ सय २३ मत सदर भएको निर्वाचन कार्यालयले बताएको छ।

प्रदेश सभातर्फ २.३३ प्रतिशत ३ हजार ७ सय ९८ मत बदर भएको छ । मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनु प्रमुख कारण मानिए पनि राजनीतिक दलले आफ्नो चुनाव चिह्नमा कसरी मतदान गर्ने भन्ने नसिकाउँदा धेरै मत बदर भएको पाइएको छ । विशेष गरी प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको निर्वाचनमा मतदाताले माथिल्लो मतपत्रमै दुई चिह्नमा भोट हालेको र तल्लो मत पत्र खाली राखेको पाइएको पौडेलले बताए । अहिले सम्ममो मतगणनामा समानुपातितर्फ सबैभदा धेरै सूर्य र हँसिया हथौडा दुवै चिह्नमा छाप लगाएको पाइएको हो । कास्की साक्षर जिल्ला घोषित भए पनि मत पत्रमा ल्याप्चे लगाएको मतपत्र पनि भेटिएको निर्वाचन आयोगले बताएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.