'कम्यूनिष्ट किल्ला' अझ बलियो

'कम्यूनिष्ट किल्ला' अझ बलियो

प्यूठान : राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने कम्यूनिष्ट नेतैनेता जन्माउने प्यूठान अझ बोलियो बन्दै गएको छ । पहिलोपटक बामगठवन्धन एकै ठाउँमा उभिएपछि किल्ला शसक्त बन्दै गएको हो । जिल्लामा २०१० सालमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिँहले कम्यूनिष्ट पार्टीको स्थापना गरेका थिए । बेलाबेला पार्टी टुटफुट भएपछि कमजोर बन्दै गएको थियो । कम्यूनिष्टहरुको फुटका कारण २०४८ मा जिल्लाको दुवै सिट र २०५१ मा एकसिट नेपाली कांग्रेसले जित्यो ।

प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा कांग्रेस कम्यूनिष्टको किल्ला भत्काउने दाउँमा आफूलाई शसक्त रुपमा उभाएको थियो । बामगठवन्धनकै कारण उसको प्रयास सफल हुन सकेन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा चौथो बनेको कांग्रेस स्थानीयतह निर्वाचनमा दोस्रो शक्तिको रुपमा देखापर्‍यो । स्थानीयमा कांग्रेसले केही तहमा बामघटकसँगै तालमेल गरेर नतिजा आफ्नो पक्षमा पारेको थियो । यसपालीको निर्वाचनमा समेत कांग्रेसका केही नेता कार्यकर्ताहरुले प्रतिनिधीसभा सदस्यमा जित्ने ठोकुवा गर्दै आएका थिए । हरेक निर्वाचनमा उम्मेदवार छनौटमा किचलो खेप्दै आएको कांग्रेसले यसपाली निर्विरोध रुपमा उम्मेदवार छानेको हो । केन्द्रिय राजनीतिमा पहुँच राख्ने उम्मेदवार कांग्रेसले उठाएपछि जित सुनिश्चत हुने धेरैले प्रतिक्रिया दिने गरेका थिए ।

प्रत्येक निर्वाचनमा आरोप प्रत्यारोपमा उत्रने एमाले, राजमो र माओवादी केन्द्र इतिहासमै पहिलोपटक तालमेल गरेर निर्वाचनमा होमिएपछि जिल्लाको सवै क्षेत्रमा बामगठवन्धन विजयी भएको छ । पार्टी एकिकरण गरेरै अघि बढे सधँै कम्यूनिष्टको ‘लालकिल्ला' भइरहने नेताकार्यकर्ताहरु बताउछन् । ‘कम्यूनिष्ट पार्टीहरुबीच एकिकरण गर्ने केन्द्रिय नेताका कुरा सुन्दा धेरै खुसी छौँ',एमाले प्यूठानका प्रचार विभाग प्रमुख नेगनसिँह कुवरले भने,‘कम्यूनिष्ट नेता जन्माउने जिल्ला टुटफुटले गर्दा कमजोर बनिरहेको थियो ।' मोहनविक्रम सिँह, बामदेव गौतम, मोहनवैद्य(किरण), मणी थापा, लिलामणी पोख्रेल, सूर्य थापा, नवराज सुवेदी, कृष्णध्वज खड्का लगाएत बामपन्थी नेताहरुको गृहजिल्लामा बामगठवन्धनका काराण कार्यकर्ताहरुमा खुसीयाली छाएको छ । ‘पार्टी एकिकरण हुने नहुनेमा शंका लागेको छ',माओवादी केन्द्र प्यूठानका बुद्धिजिवी संगठनका सदस्य एवं बयोवृद्ध समाजसेवी लोक बहादुर भण्डारीले भने,‘चुनावमा बामगठवन्धन सफल भइसकेको छ । पार्टी एकिकरण गरेमा जनताको विश्वास अझ जित्न सकिन्छ ।'

बामगठवन्धनमा केन्द्रिय स्तरमा एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा सँगै जाने सहमती भएपनि जिल्लामा राजमो समेत मिलेको छ । जिल्लामा एमाले बोलियो शक्ति भएतापनि कम्यूनिष्टहरुलाई सँगै लैजाने भएकाले राजमोलाई समेटिएको हो । प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा समेत तीनै वटा पार्टीले एक÷एक क्षेत्र बाडफाँड गरेर चुनावी प्रतिस्पर्धामा उभिएका हुन् । सवै क्षेत्रको नतिजा समेत बामगठवन्धनकै पोल्टामा परेको छ । प्रतिनिधीसभा सदस्यमा राजमोका केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेल, प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्वर १ मा एमालेका निवर्तमान अध्यक्ष हरी रिजाल र २ नम्वर क्षेत्रमा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य कृष्णध्वज खड्का विजयी भएका छन् । प्रदेशसभा सदस्यका उम्मेदवारहरुले प्रतिस्पर्धीहरुलाई झण्डै दोव्वर मतान्तरले पछिपार्दै विजयी भएका छन् । प्रतिनिधीसभा सदस्यमा पौडेलले राष्ट्रिय पूनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदबाट राजीनामा दिएर आएका डा.गोविन्दराज पोख्रेललाई १६ हजार दुई सय २८ मतान्तरको फरकले जित आफ्नो पक्षमा पारेकी छन् ।

नौ स्थानीय तहमध्ये गौमुखी गाउँपालिका बाहेक सवैमा निर्वाचित जनप्रतिनिधीहरु समेत बामगठवन्धनकै बहुमत छ । केन्द्रमा बामगठवन्धनसँग सँगै नभएको राजमोलाई अव एकै ठाउँमा ल्याउन समेत जिल्लाका नेताकार्यकर्ताहरुले सुझाव दिएका छन् । मतदाताहरुलाई धन्यवाद दिन घरदैलोमा व्यस्त विजयी उम्मेदवारहरुले तीनवटै कम्यूनिष्ट पार्टी सँगै हिड्दा धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन् । तीनपार्टीलाई एकै ठाउँमा बाम मतदाताहरु समेत उत्साहित भएको पाइएको एमालेबाट विजयी प्रदेशसभा सदस्य हरी रिजालले बताएका छन् । कम्यूनिष्टको नेतृत्वमा अवको पाँचवर्ष स्थायी सरकार बनाएर मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने समेत उनले प्रतिक्रिया दिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.