मतदाताको रोजाइ नयाँ अनुहार

मतदाताको रोजाइ नयाँ अनुहार

तुलसीपुर : २०७० को संविधानसभा निर्वाचनमा जिल्लामा ५ निर्वाचन क्षेत्र थिए । सबै कांग्रेसले जित्यो । यस पटकको निर्वाचनमा र प्रदेशसभामा कांग्रेसबाट तीन जना प्रतिनिधि र दुई जना प्रदेशसभाका उम्मेदवार बने । तर, प्रदेशसभामा एक जनावाहेक कसैले चुनाव जित्न सकेनन् । ती सबै क्षेत्रमा कांग्रेस इतरका अन्य दलका नयाँ अनुहार निर्वाचित भए । प्रतिनिधि र प्रदेशसभाका नौ क्षेत्रमध्ये चार जना पूर्वसंसदले जिते भने भने पाँच जना विल्कुलै नयाँ अनुहारले अवसर पाए ।

प्रतिनिधिसभा क्षेत्र १ का मेटमणि चौधरी, प्रदेशसभा १ ‘ख' का रेवतीरमण शर्मा, प्रदेशसभा २ ‘ख' का अमरबहादुर डाँगी, क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, ३ ‘ख' का उत्तरकुमार ओली नयाँ अनुहार हुन् ।

प्रतिनिधिसभा क्षेत्र २ का कृष्णबहादुर महरा, २ ‘क' का शंकर पोखरेल, ३ ‘क' का डिल्लीबहादुर चौधरी, क्षेत्र नं १ ‘क' का इन्द्रजित चौधरीले भने विगतमा संसद्को अनुभव संगालिसकेका छन् । जिल्लाबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको पाइयो । उम्मेदवार भने स्थानीयका लागि चिरपरिचित नै थिए । प्रमुख दलका सबै उम्मेदवार विगतमा संविधानसभा र सांसदको अनुभव संगालेका थिए । तर, जनताले नयाँ अनुहारलाई सांसद बनाएका छन् ।

जिल्लाका मतदाताहरुले हरेक निर्वाचनमा नयाँ अनुहारलाई चुन्ने गरेको इतिहासलाई फेरि दोहोर्‍याएका छन् । ०४८ सालयताका संसदीय निर्वाचनलाई हेर्दा अपवाद बाहेक सबै नयाँ अनुहार चुनिने गरेका छन् । ०५१ को निर्वाचनमा जितेकाहरू ०५६ सालमा जित्न सकेनन् । ०५६ सालका विजेताहरू ०६४ मा पराजित भए । ०६४ मा जित्नेहरू ०७० दोहोरिएनन् । ०७० चुनाव जित्ने एक जना मात्र यसपटकको निर्वाचनमा दोहोरिए । यो शृंखलालाई हेर्दा नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ । नागरिकले व्यक्ति मात्रै होइन, पटक पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी बताउँछन् । ‘पूरानाले अपेक्षा अनुसारको भूमिका खेल्न नसकेकाले नयाँ विकल्प खोजेका हुन्', उनले भने ।

उनले जनताले सोचे अनुसार जनप्रतिनिधिहरु क्रियाशील नभएकाले नयाँ विकल्पको खोजी भएको हुनसक्ने उनको बुझाइ छ । भन्छन्, ‘नागरिकमा विकासको अपेक्षा बढेको र स्थायित्वको खोजीले पनि नयाँले अवसर पाएका हुन् ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.