हुम्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो

हुम्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो

सिमकोट : गत मंसिर १० गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा समानुुपातिकतर्फ हुम्ला जिल्लामा नेपाली कांग्रेस पहिलो दल भएको छ। प्रत्यक्षको तुलनामा अन्य दलहरुले समानुपातिकतर्फ निक्कै कम मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद शर्मा पौडेलले बताए।

प्रतिनिधिसभाको प्रत्यक्षमा ८ हजार ४४ सय ४ मत ल्याएको नेपाली कांग्रेसले समानुपातिकमा ७ हजार ९ सय ३२ मत ल्याएको छ भने प्रदेशसभाको प्रत्यक्षमा ९ हजार ३ सय ३० मत ल्याएको कांग्रेसले समानुपातिकमा ७ हजार ४ सय ३३ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत शर्मा पौडेलले जानकारी दिए।

समानुपातिकतर्फ वाम गठबन्धनका माओवादी केन्द्र जिल्लाको दोस्रो ठूलो दल बनेको छ। प्रतिनिधिसभा प्रत्यक्षमा २ हजार ७ सय ५६ मत ल्याएको माओवादी केन्द्रले समानुपातिकको प्रतिनिधिसभामा ५ हजार ८ सय ६४ मत र प्रदेशसभामा ५ हजार २ सय मत ल्याएको छ। गठबन्धनको मूख्य घटक नेकपा एमाले समानुपातिक तर्फको मतअनुसार तेस्रो दलका रुपमा स्थापित भएको छ। एमाले प्रतिनिधिसभामा ५ हजार ४ सय ८६ मत ल्याएर तेस्रो भएको छ भने प्रदेशसभामा ५ हजार ६ सय २३ मत ल्याएर दोस्रो भएको मुख्य निर्वानच अधिकृतको कार्यालयले जनाएको छ।

जिल्लामा भएका १९ वटा राजनीतिक दलले संघ र प्रदेशमा समानुपातिकमा मत प्राप्त गरेका छन्। हुम्लाबाट समानुपातिकमा मत प्राप्त गर्ने अन्य दलमा नयाँशक्ति, जन समाजवादी पार्टी, राप्रपा राष्ट्रवादी एकिकृत, विवेकशील साझा पाटी, नेकपा माले, जनमोर्चालगायतका पार्टीहरु भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.