सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

सर्लाही ४ को मतगणना ३३ घण्टापछि सुरु

मलंगवा : आइतबार मध्यरातदेखि स्थगित भएको सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि मंगलबार बिहानदेखि सुरु भएको छ। विवादित मतपेटिकालाई जस्ताको त्यस्तै राखी मतगन्ने कार्य बिहान ९ बजेदेखि सुरु गरिएको छ।

गणनाका क्रममा क्षेत्र नम्बर ४ मा पर्ने बलरा नगरपालिका ४ मा रहेको आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा ७ मध्ये ५ वटा मात्रै शिल गरिएको भेटिएपछि दलहरुबीच विवाद भएको थियो। विवाद नमिलेपछि आइतबार राती १२ बजे मतगणना स्थगित गरिएको थियो। विवादित मतपेटिकाको विषयमा अहिले छलफल भइरहेको छ।

स्थतगित हुनुभन्दा अगाडिसम्म राजपाका राकेश मिश्रले १६ हजार ३ सय १८ र कांगे्रसका अमरेशकुमार सिंहले १५ हजार ९ सय ३६ मत प्राप्त गरेका छन्। अहिले ३ स्थानमा मतगन्ने कार्य भइरहेको छ। मंगलबार बेलुकासम्म मतगणना जसरी पनि सकाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको विषयलाई लिएर सोमबार बेलुका झडप समेत भएको थियो।अहिले मतगणना स्थलमा प्रहरी परिचालन गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.