बारामा कुन दलको हैसियत के ?

बारामा कुन दलको हैसियत के ?

कलैया : चार निर्वाचन क्षेत्र रहेको बारामा प्रत्यक्ष निर्वाचनतर्फको मतगणना सकिएको छ। मतपरिणाम अनुसार राजपा-फोरम गठबन्धनले बाराको अधिकांश क्षेत्रमा जीत हात पारेको छ। वाम गठबन्धनले तीन प्रदेशसभा र नेपाली कांग्रेसले एक प्रतिनिधिसभा जितेका छन् भने अन्य स्थानमा राजपा-फोरम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

वाम गठबन्धन प्रतिनिधिसभामा शून्य देखिएको छ भने नेपाली कांग्रेसले चार निर्वाचन क्षेत्रको आठ प्रदेश क्षेत्रमा कुनै स्थानमा जित हात पार्न सकेन्। बारा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उमाकान्त चौधरी, २ नम्बरमा संघीय समाजवादी फोरम रामसहाय यादव, ३ नम्बरमा संघीय समाजदवादी फोरमका रामबाबु यादव र ४ नम्बरमा राजपाका राम एकवाल मिया निर्वाचित भइसकेका छन्।

प्रदेशसभामा जिल्लाको उत्तरी क्षेत्रका तीन स्थानमा वाम गठबन्धन विजयी भएको छ। वाम गठबन्धनले निर्वाचन क्षेत्र नम्बर १ (क), ३ (क) र ४ (क) मा जित हात पारेको छ। अन्य पाँच स्थानमा राजपा र फोरमका उम्मेदवार प्रदेश सभा सदस्यमा विजयी भएका छन्। संघीय समाजवादी फोरमले २ (क), २ (ख), ३ (ख) मा जित हात पारेको छ भने राजपाले १ (ख) र ४ (ख) मा जित हात पारेको छ

बारा क्षेत्र नम्बर १

बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरी विजयी भएका छन्। नेकपा एमालेका नेता अच्युत मैनालीलाई दुई हजार चार सय २० मतले पछि पार्दै चौधरी बिजयी भएका हुन्। मतगणनाको सुरुवातदेखिनै दुवै उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा चलेको थियो। जिल्लाको उत्तरी क्षेत्रका स्थानको मतगणना हुंदा मैनाली अग्र स्थानमा थिए। दक्षिणी क्षेत्रको मतगणना सुरु भएपछि चौधरीले अग्रता उल्टाएका हुन्। कोल्हवी नगरपालिका ११ बेलवाका चौधरी पहिलो पूर्वसभासद र पूर्वस्वास्थ्य मन्त्री समेत हुन्। बारामा ६ वटा निर्वाचन क्षेत्र हुँदा २०६४ सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा सोही क्षेत्रबाट एमालेका बलविर चौधरीसँग उनी पराजित भएका थिए। २०२३ सालमा जन्मिएका ५१ वर्षीय य चौधरीले वनस्पती शास्त्रमा स्नाकोत्तर गरेका छन्। चौधरीले २०३७ सालदेखि राजनीति सुरु गरेका थिए।

बारा क्षेत्र नम्बर २

बारा निर्वाचन क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामसहाय यादवले १२ हजार तीन सय ९५ को फराकिलो मतान्तरसहित जीत हात पारेका छन्। पहिलो संविधानसभामा समानुपातिकबाट सभासद बनेका यादवले दुई पूर्वसभासदलाई नै भारी मतान्तरले पराजित गरे। यादवले २८ हजार एक सय ८५ मत प्राप्त गरे। दोस्रो संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पूर्वसभासद राधेचन्द्र यादवले १५ हजार सात सय ९० मत पाए। तेस्रो स्थानमा वाम गठबन्धनका शिवचन्द्र कुशवाहाले १० हजार पाच सय ४६ मत प्राप्त गरे। कुशवाहा २०६४ सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए। दुई पूर्वसभासदलाई पराजित गरेका ४७ वर्र्षीय यादव संघीय समाजवादी फोरम नेपालका महासचिव हुन्। फोरम अध्यक्ष उपेन्द्र यादवका अत्यन्त विश्वासिलो पात्रका रुपमा रहेका बाराको सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका यादवले प्रविणता तहसम्मको अध्ययन गरेका छन्। २०२७ सालमा जन्मिएका यादवले २०४७ सालदेखि राजनीति सुरु गरेका हुन्।

बारा क्षेत्र नम्बर ३

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामबाबुकुमार यादव फराकिलो मतसहित विजयी भएका छन्। यादवले बहालवाला श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुर र वाम गठबन्धनका उम्मेदवार अध्यायन्द पाण्डेलाई पराजित गरे। संघीय समाजवादी फोरम नेपाल बाराका अध्यक्ष समेत रहेका यादवले वाम गठबन्धनका उम्मेदवार अध्यानन्द पाण्डेभन्दा चार हजार नौ सय ७४ र मंसुरभन्दा पांच हजार दुई सय ५० मत बढी ल्याए। मतगणनको सुरुवातदेखि निकै पछि रहेका यादव जिल्लाको दक्षिणी क्षेत्रका स्थानको गणना सुरुभएपछि दुवै प्रतिस्पर्धीलाई उछिन्दै अघि आएका थिए। मतगणनाको सुरुवातमा वाम गठबन्धनका अध्यायन्द पाण्डेले अग्रता लिइरहेका थिए। कलैया उपमहानगरपालिका २६ महेशपुर घर भएका ४२ वर्षीय यादवले २०६२ सालदेखि राजनीतिमा पाइला टेकेका थिए। राजनीतिमा प्रवेश गरेको छोटो समयमै उनले जिल्लाको नेतृत्व सम्हाले। उनको जन्म २०३२ सालमा भएको थियो।

बारा क्षेत्र नम्बर ४

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा अप्रत्याशित नतिजा ल्याउंदै राष्ट्रिय जनता पार्टीका रामएकवाल मिया निर्वाचित भएका छन्। नेकपा एमाले छाडेर सात महिनाअघि मात्रै राजपा प्रवेश गरेका मियाले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरीलाई एक हजार ६ सय ६८ मतले पराजित गरे। मियाले २२ हजार दुई सय ७५ मत प्राप्त गर्दा एमालेका चौधरीले २० हजार ६ सय सात मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार लालबाबु सिंह भुईहारले १४ हजार पाच सय १६ मत पाएका छन्। यस क्षेत्रको उत्तरी क्षेत्रमा चौधरीले तीन हजारको अग्रता लिएका थिए।

दक्षिणी क्षेत्रको मत गणना गर्न थालिएपछि मिया अगाडी आएका हुन्। यस क्षेत्रको उत्तरी क्षेत्रमा पहाडी र दक्षिणी क्षेत्रमा मधेसी, मुस्लिम र चौधरी समुदायको बाहुल्यता छ। २०४३ सालमा राजनीतिमा प्रवेश गरेका मिया र चौधरी एउटै विद्यालयमा काम गर्थे। जीतपुरस्थित फकिरा गिरी, राजेश्वर गिरी विद्यालयमा चौधरी शिक्षक हुँदा मिया लेखापाल थिए। मिया गैरसरकारी संस्थामा समेत आवद्ध थिए। परवानीपुर गाउँपालिका १ बुनियाद घर भएका मियाले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्।

प्रदेश सभामा निर्वाचित बिधायक

बारा क्षेत्र नम्बर १ (क)


बारा निर्वाचन क्षेत्र नम्बर १ (क) मा वामगठबन्धनका उम्मेदवार त्रिलोकी चौधरी निर्वाचित भएका छन्। थारु समुदायबाट प्रदेशसभामा बाराबाट निर्वाचित हुने उनी एक्ला हुन्। लामोसमय एमाले बाराको कार्यवाहक अध्यक्षको जिम्मेवारी पूरा गरेका चौधरीले नेपाली कांग्रेसका युवा नेता पेमासिद्धि लामासँग एक हजार नौ सय ६१ मतान्तरको जित हात पारे। चौधरीले १८ हजार चार सय ४५ मत ल्याए। लामाले १६ हजार चार सय ८४ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका सुरेश बैठाले दुई हजार चार सय ७८ मत प्राप्त गरेका छन्। कोल्हवी नगरपालिका ६ घर भएका चौधरी २०३२ साददेखि राजनितिमा सक्रिय छन्। उनले प्रविणता तहसम्मको अध्ययन गरेका छन्।

बारा क्षेत्र नम्बर १ (ख)

बारा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा राष्ट्रिय जनता पार्टीका सरोजकुमार यादव १४ हजार दुई सय ६९ मतसहित निर्वाचित भएका छन्। यादवले नेपाली कांग्रेसका भागवात प्रसाद साहसंग ६ हजार १ सय ४३ मतको फराकिलो जित हात पारे। शाहले आठ हजार एक सय २६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका वामगठबन्धनका महम्मद इस्लाम अन्सारीले पाँच हजार चार सय ३५ मत प्राप्त गरेका छन्। निर्वाचित यादव पहिलो संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबाट संविधानसभा सदस्यमा निर्वाचित यादव पूर्वस्वास्थ्य राज्य मन्त्री समेत भएका थिए।

बारा क्षेत्र नम्बर २ (क)

बारा निर्वाचन क्षेत्र नम्बर २ (क) मा संघीय समाजवादी फोरम नेपालका सारदाशंकर प्रसाद कलवार १६ हजार ६ सय ७१ मत प्राप्त गर्दै निर्वाचित भए। उनले नेपाली कांग्रेसका रामप्रवेश यादव भन्दा आठ हजार पाँच सय ७१ मत बढी प्राप्त गरे। कांग्रेसका यादवले आठ हजार एक सय मत पाएका छन्। तेस्रो स्थानमा रहेका वामगठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गणेशप्रसाद साह कलवारले चार हजार दुई सय ७९ मत प्राप्त गरेका छन्। यस स्थानमा १८ जनाले उम्मेदवारी दिएका थिए।

बारा क्षेत्र नम्बर २ (ख)

बारा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा संघीय समाजवादी फोरम नेपालका बच्चा राउत अहिर विजयी भएका छन्। अहिरले ११ हजार पाच सय तीन मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका मणिभुषण कुमार यादवले ६ हजार एक सय १९ र तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जलन्धर सिंह जैसवारले पाँच हजार आठ सय चार मत प्राप्त गरे। वाम गठबन्धनका उम्मेदवार रामसागर प्रसाद यादवले दुई हजार सात सय ७९ मत पाएका छन्। लामो समय एमालेबाट राजनिति गर्दै आएका अहिले संघीय समाजवादी फोरम प्रवेश गरेका थिए। सुवर्ण गाउँपलिका २ घर भएका अहिरले प्रवेशिका सम्मको अध्ययन गरेका छन्।

बारा क्षेत्र नम्बर ३ (क)

बारा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा वामगठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य ज्वाला साह ११ हजार सात सय ७१ मतसहित निर्वाचित भएकी छिन्। साहसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका रामानन्द यादवले १० हजार एक सय ४७ मत प्राप्त गरे। तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपालका रुपलाल चौधरीले ६ हजार तीन सय ८२ मत पाए। करैयामाई गाउँपालिका ४ घर भएकी साह पूर्व भूमिसुधार राज्य मन्त्री र पूर्व सभासद हुन्। पहिलो संविधानसभामा उनी समानुपातिकबाट सदस्य बनेकी थिइन्। २०५४ सालमा राजनितिमा प्रवेश गरेकी शाहले प्रविणता तहसम्मको अध्ययन गरेकी छिन्।

बारा क्षेत्र नम्बर ३ (ख)

बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा संघीय समाजवादी फोरम नेपालका पारसप्रसाद साह ११ हजार पाच सय १७ मतसहित निर्वाचित भएका छन्। शाहले नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरासियालाई फराकिलो मतान्तरले पराजित गरे। चौरसियाले चार हजार तीन सय ८६ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कलामुदीन अन्सारीले तीन हजार सात सय ३९ मत पाएका छन्। वाम गठबन्धनका महम्मद समिउल्लाहले तीन हजार चार सय ३० मत प्राप्त गरे। कलैया उपमहानगरपालिका ४ घर भएका शाहले २०४९ सालदेखि राजनीति सुरु गरेका थिए। उनले प्रविणता तहसम्मको अध्ययन गरेका छन्।

बारा क्षेत्र नम्बर ४ (क)

बारा निर्वाचन क्षेत्र नम्बर ४ (क) मा वामगठबन्धनबाट उम्मेदवार बनेका सुन्दर बिश्वकर्मा ११ हजार सात सय ७० मतसहित निर्वाचित भएका छन्। विश्वकर्माले प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका ओमकृष्ण कार्की भन्दा तीन हजार चार सय ४७ मत बढी प्राप्त गरे। कार्कीले आठ हजार तीन सय २३ मत पाएका छन्। तेस्रो स्थानमा रहेका राजपाका घनश्याम गिरीले सात हजार तीन सय ८६ मत प्राप्त गरेका छन्। निर्वाचित बिश्वकर्मा नेकपा एमाले बाराका अध्यक्ष हुन्। बिक्रम संवत २०२४ सालमा जन्मिएका बिश्वकर्माले २०३९ सालदेखि राजनिति सुरु गरेका थिए। उनले प्रविणता तहसम्मको अध्ययन गरेका छन्।

बारा क्षेत्र नम्बर ४ (ख)

बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट राष्ट्रिय जनता पार्टीका उम्मेदवार जितेन्द्र सोनल फराकिलो मतान्तरसहित विजयी भएका छन्। सोनलले १३ हजार एक सय १८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका वामगठबन्धनका उमेश कुशवाहाले पाँच हजार ६ सय ९२ मत पाएका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका विजय प्रकाश साहले पाँच हजार एक सय ३३ मत प्राप्त गरेका छन्। निर्वाचित सोनल पूर्वसभासद् समेत हुन्। २०६४ सालको संविधानसभाको निर्वाचनमा सोनल क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिदैँ आएका सोनलले २०४६ सालदेखि राजनीति सुरु गरेका थिए। २०२६ सालमा जन्मिएका सोनलले स्नातक तहसम्मको अध्ययन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.