सङ्खुवासभामा वाम गठबन्धनको वर्चश्व

सङ्खुवासभामा वाम गठबन्धनको वर्चश्व

सङ्खुवासभा : एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यस जिल्लामा तीनवटै क्षेत्रमा वाम गठबन्धनका उमेदवार निर्वाचित भएका छन्। प्रतिनिधिसभामा एमालेका राजेन्द्रप्रसाद गौतम, प्रदेशसभा (क) मा माओवादी केन्द्रका पूर्णप्रसाद राई (बज्र) र (क) मा तुलसी गौतमले जितेसँगै यस जिल्लामा वाम गठबन्धनको वर्चश्व देखिएको छ।

प्रतिनिधिसभा तर्फका उम्मेदवार नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार सात सय ६९ मत प्राप्त गर्दै विजेता बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका छन्। गौतम र खड्को मत अन्तर १ हजार १ सय ३० रहेको छ। खड्का र गौतमबीच नै ०७० सालको संविधानसभाको निर्वाचनमा चुनावी प्रतिष्पर्धा भएको थियो। त्यसबेला गौतम पराजित भएका थिए।

त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका (माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राईले १६ हजार ६ सय ७७ मत ल्याएर जित हाँसिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६ सय ३२ मत प्राप्त गरेका हुन्। टंकप्रसादको भन्दा २ हजार २४ मत बढी मत ल्याएर पूर्णप्रसाद विजेता बनेका हुन्। टंकप्रसाद राई २०५६ सालमा निर्वाचित सांसद हुन् भने पूर्णप्रसाद राई २०६४ सालको निर्वाचित सभासद हुन्।

०६४ सालको निर्वाचनमा भएको प्रतिस्पर्धामा टंकप्रसादलाई हराउँदै पूर्णप्रसाद विजयी भएका थिए। प्रदेशसभा (ख) तर्फ वाम गठबन्धन (एमाले) का तुलसी न्यौपाने १७ हजार ५ सय १४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। गौतमका निकट्तम प्रतिद्वन्दी दिपककुमार लिम्बुले १६ हजार एक सय ४० मत ल्याएका थिए। तीव्र प्रतिप्रर्धा रहँदा रहँदै पनि न्यौपानेले लिम्बुकोे भन्दा १ हजार ३ सय ७४ मत बढी ल्याएर विजेता बनेका हुन्। प्रदेशसभा (ख)तर्फका दुवै उम्मेदवार संसदीय निर्वाचनमा नयाँ अनुहार हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.