सुनसरी ३ को मतगणना सुरु

सुनसरी ३ को मतगणना सुरु

धरान :दुई दिनदेखि स्थगित भएको सुनसरी क्षेत्र नम्बर ३ को मत गणना सुरू भएको छ । निर्वाचन आयोगले लिखितरुपमा तत्काल मतगणना सुरु गर्न निर्देशन दिएपछि मतगणना सुरु भएको हो । मतगणनाकाक्रममा एमाले उम्मेदवार भगवती चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि यस क्षेत्रको मत गणना स्थगित भएको थियो। 

मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार भगवती चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि मत गणना अवरुद्ध भएको थियो। यस अगाडि एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र वदर गरिएको थियो। यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन्।

पछिल्लो मत परिणमअनुसार गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी छन्। चौधरीले २९ हजार ३ सय २६ मत प्राप्त गरेकी छन भने गच्छदारले २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन्।मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ (ख) निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो। मतगणना स्थगित भएपछि कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताले मतगणना स्थलमा नाराबाजी गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।

अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ। अबको केही बेरमा स्थगित मतगणना सुचारु हुने मुख्य निर्वाचन अधिकृत पुरुषोत्तम ढकालले बताएका छन्। सुनसरीमा यसअघि क्षेत्र नम्बर १ बाट एमालेका जयकुमार राई, क्षेत्र नम्बर २ र ४ बाट कांग्रेसका सिताराम मेहता र ज्ञानेन्द्र कार्की विजय भइसकेका छन्। सुनसरीमा प्रदेशसभातर्फका क्षेत्र नम्बर १ (क) मा एमाले प्रदिप भण्डारी, (ख)मा भीम आचार्य र २ (क)मा एमालेकै सर्वध्वज साँवा ३ (क)मा लिलम बस्नेत र क्षेत्र नम्बर ४ (ख)मा जगदिशप्रसाद कुसियैत निर्वाचित भएका छन्। सुनसरी क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका राजिव कोइराला र क्षेत्र नम्बर ४ (ख)मा महम्मद ताहिर मियाँ निर्वाचित भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.