सल्यानमा २०६४ देखि वामकै जित

सल्यानमा २०६४ देखि वामकै जित

दाङ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले सल्यानलाई क्लिन स्वीप गरेसंगै सल्यानमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादी नेता तथा विना विभागीय मन्त्री टेक बहादुर बस्नेत र एमाले पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले जितमा ह्याट्रिक गरेका छन ।

माओवादी नेता बस्नेतले माओवादी शान्ति प्रक्रियामा आएदेखि भएका सबै निर्वाचनमा सल्यानबाट चुनाव जित्दै आएका छन । उनले २०६४ सालदेखि ७४ सालसम्मका तीनवटै निर्वाचनमा एकछत्र रुपमा चुनाव जितेर ह्याट्रिक गरेका हुन । दुबै संविधानसभाको निर्वाचनमा सल्यान क्षेत्र नं एकबाट निर्वाचित बस्नेत यस पटकको पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । यस पटक सल्यानमा प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ ।

दुई वटा निर्वाचनमा एमालेलाई प्रतिद्वन्द्वी बनाएका बस्नेतले यसपटक भने वाम गठबन्धनका कारण कांग्रेस प्रतिद्वन्द्वी पाए । बस्नेत प्रतिनिधिसभा सदस्यमा सल्यानबाट ४० हजार ८ सय ९७ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७ सय ६७ मत ल्याए।

यस पटको निर्वाचनमा सल्यानमा प्रदेश सभाबाट विजयी भएका प्रकाश ज्वालाले पनि जितमा ह्याट्रिक गरेका छन । कांग्रेसको किल्ला तोडदै पहिलो पटक २०५६ सालको निर्वाचनमा चुनाव जितेका ज्वालाले २०७० सालको दोस्रो संविधानसभामा पनि सल्यान २ बाट निर्वाचित भएका थिए । अहिले पनि ज्वाला सल्यानको प्रदेशसभा ख बाट निर्वाचित भएका छन । उनलाई ६ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ ।

वाम गठबन्धनपछि संघ माओवादीलाई दिने सहमति भएर ज्वाला चुनाव लड्न प्रदेशमा आएका थिए । वामका दुई नेताले जितमा ह्याट्रिक गरे संगै सल्यानमा कम्युनिष्ट पार्टीले पनि ह्याट्रिक गरेको छ । ६४ पछिको निर्वाचनमा सल्यानमा संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीका उम्मेदवार मात्रै विजयी हुदैँ आएका छन।

सार्वजनिक मत परिणाम अनुसार ज्वालाले १९ हजार ८ सय ३६ मत ल्याएर विजयी भए । भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका डिल्ली रेग्मीले ११ हजार ६ सय ३० मत प्राप्त गरेका छन । त्यस्तै प्रदेश समा सदस्य (क)मा एमालेका वैकल्पीक केन्द्रिय सदस्य गुलाबजंग शाह निर्वाचित भएका छन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.