स्याङ्जा प्रदेश (क) मा वाम गठबन्धनका थापा विजयी
स्याङ्जा : स्याङ्जा क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट वाम गठबन्धनका उम्मेदवार दीपक थापा विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र १ अन्र्तगतको प्रदेशसभा (क) मा वाम गठबन्धनतर्फका (माओवादी) उम्मेदवार दीपक थापा निर्वाचित भएका हुन्। थापाले १७ हजार ३ सय ९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कमलप्रसाद पंगेनीले १४ हजार ६ सय ६६ मत प्राप्त गरेका छन्।
माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य रहेका ५८ वर्षीय थापाको जन्म स्थलो विरुवा गाउँपालिका २ मा पर्छ । २०३८ सालमा मोटो मशालबाट राजनीति यात्रा सुरु गरेका थापा पूर्वशिक्षक हुन् । २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र १ मा पराजित भएका थिए । १० वर्षपछि उनी विजयी भएका हुन्।
५३ हजार ३ सय ४८ मतदाता रहेको प्रदेशसभा क मा ३३ हजार ४ सय ९४ मत खसेको थियो ।