स्याङ्जा २ क मा मोहन रेग्मी विजयी
स्याङ्जा : स्याङ्जा २ क प्रदेशसभा सदस्यमा मोहनप्रसाद रेग्मी निर्वाचित भएका छन् । बामगठबन्धनबाट एमाले उम्मेदवार रहेका रेग्मीले आफना प्रतिस्पर्धी बिष्णुप्रसाद पौडेललाई ३ हजार ५ सय ७३ मतानतरले पछि पार्दै विजयी भएका हुन ।
वालिङ् नगरपालिका १४ निवासी रेग्मीले १६ हजार ६ सय १३ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिष्णुप्रसाद पौडेलले १३ हजार १ सय ४० मत पाए ।
सतचालीस हजार २ सय ४ मतदाता रहेको सो प्रदेशमा ३१ हजार २ सय १३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।