गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ४४ मतले अगाडि (अपडेट)

गच्छदार र चौधरीको कडा प्रतिस्पर्धा : भगवती ४४ मतले अगाडि (अपडेट)

सुनसरी :सुनसरी क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी ४४ मतले अग्रता लिएकी छन्। भगवतीले अहिलेसम्म ३२ हजार ५ सय ७० मत र उनका निकतटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विजय गच्छदारले ३२ हजार ५ सय २६ मतले प्राप्त गरेका छन्।

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो। मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन। त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो।

उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो। यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन्। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्। अघिल्लो पटक मतपरिणाम सार्वजनिक हुँदा १६५ मतान्तर थियो। अहिले भने त्यो घटेर ६२ मा पुगेको छ।

मतगणनाको क्रममा धाँधली गर्न खोजेको भन्दै एमाले उम्मेदवार चौधरीले मत गणना वहिष्कार गरेपछि सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा र सोही क्षेत्रको प्रदेशसभातर्फ (ख) निर्वाचन क्षेत्रको मत गणना स्थगित भएको थियो। मतगणना स्थगित भएपछि कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताले मतगणना स्थलमा नाराबाजी गरेपछि झडपको स्थिति सिर्जना भएको थियो।

अहिले मतदान स्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.