प्रदेश २ मा सरकार बनाउन मधेसी दललाई १९ सिट अपुग

प्रदेश २ मा सरकार बनाउन मधेसी दललाई  १९ सिट अपुग

काठमाण्डौँ : प्रदेश नम्बर २ मा मधेशी दललाई सरकार बनाउन समानुपातिक तर्फ कम्तिमा १९ सिट आवश्यक पर्ने भएको छ । प्रत्यक्षतर्फ प्रदेशसभामा संघीय समाजवादी फोरम नेपालले २० सिट ल्याएर सबैभन्दा ठूलो दल भएको छ, भने राष्ट्रिय जनता पार्टी नेपालले १५ सिट जितेको छ । फोरम र राजपाको मत जोड्दा ३५ सिट हुन्छ जुन प्रत्यक्षतर्फ बहुमत हुन्छ। प्रदेश २ मा प्रत्यक्षतर्फ ६४ सिट रहेको छ भने समानुपातिकमा ४३ सिट रहेको छ । कूल १०७ सिट मध्ये बहुमतका लागि ५४ सिट आवश्यक पर्ने देखिन्छ ।  प्रत्यक्षमा एमालेले १४, नेपाली काँग्रेसले ८, माआवादी केन्द्रले ६ र स्वतन्त्रले १ सिट जितेका छन् ।  प्रदेश २ मा काँग्रेसलाई नलिएर मधेशी दलको सरकार बन्ने कुराको फैसला समानुपातिकको परिणामले मात्रै गर्ने भएको छ ।

हाल सम्मको परिणाम अनुसार प्रदेश नम्बर २ मा काँग्रेसले ७१ हजार ७५३, राजपाले ५० हजार ६६५, नेकपा एमालेले ३९ हजार ८६, फोरमले ३८ हजार ५८९ र माओवादी केन्द्रले २१ हजार १६८ मत प्राप्त गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.