संविधान सच्याउँछौं : यादव

संविधान  सच्याउँछौं  : यादव

राजविराज : संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुद्दा स्थापित गर्दै संविधान सच्याउने बताएका छन् ।

सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले मंगलबार राजविराजमा आयोजित विजयी ¥यालीलाई सम्बोधन गर्दै संविधान संशोधन नभएसम्म संघर्ष जारी रहने बताए । उनले फोरम–राजपा गठबन्धनलाई प्राप्त जनादेश मधेशको जायज माग पुरा गराउनकै लागी भएको समेत जिकिर गरे । मधेशको मुद्दा समग्र मुलुककै मुद्दा बनेको दाबी गर्दै उनले मधेशको मुद्दा सम्बोधन नगरी मुलुक अगाडी बढ्नै नसक्ने बताए ।

यादवले मधेशवादी दल र नेताहरुले उठाएको मुद्दाको साथमा मधेशका जनता छन् भनेर मतदाताले पुष्टि गरेकोमा धन्यवाद समेत प्रकट गरे । मधेशको मुद्दा स्थापित गराएरै छाड्ने बताएका यादवले संविधान संशोधन गरेर त्यसलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नरहेको बताए । पछाडि परेको मधेशको विकास र समृद्धिका लागी समेत आपूmले भुमिका निर्वाह गर्ने यादवले प्रतिवद्धता दोहो¥याए ।

प्रदेशसभा सदस्य २ ख बाट निर्वाचित राजपाका महासचिव मनिषकुमार सुमनले मधेशको जनमतलाई स्वीकार गरी सरकारले संविधान संशोधन गर्नु पर्नेमा जोड दिए । प्रदेश सरकारले मधेशको विकास र समृद्धिका लागि काम गर्ने उनले बताए ।

विजयी सभामा राजपा–फोरम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित प्रतिनिधिको सहभागिता थियो । यस अघि स्थानीय राजरंगशालाबाट बाजागाजा र नाचगान गर्दै निस्केको विजयी ¥यालीले नगर परिक्रमा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.