भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

तेह्रथुम : पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई खापुङले २ हजार २१ मतले पछि पार्दै विजयी भएका हुन्। खापुङले २१ हजार ३ सय १५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसकी नेतृ गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरेकी छन्।

२०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित भएका खापुङ २०७० सालको संविधान सभाको निर्वानमा कांग्रेसका तुलसी सुब्बालाई दुई हजार ३ मतले पछि पार्दै विजयी भएका थिए।

विद्यार्थी राजनीति हुँदै खापुङ जिल्लाको राजनीतिमा सक्रिय भएका हुन्। २०५४ सालको स्थानीय तहको निर्वाचनमा तेह्रथुम साविकको मोराहाङ्ग गाविसमा एमालेको उम्मेदवार भएर निर्वाचित भएर काम गरेका खापुङ २०५५ सालमा जिल्लाको पाँचौ अधिवेशनमा जिल्ला कमिटीको सचिवमा सर्वसम्मत भएका नेता हुन्। २०५८ सालको छैटौ र २०६१ सालको सातौ अधिवेशनमा समेत जिल्ला कमिटिको सचिवमा उनी निर्विरोध निर्वाचित भएका थिए।

२०६४ पहिलो संविधानसभाको निर्वाचनमा एमालेको तर्फबाट संविधान सभाको सदस्यको उम्मेदवार भए। २०६६ सालको आठौ जिल्ला अधिवेशनबाट जिल्ला कमिटिको अध्यक्षमा निर्वाचित भएर उनले तीन कार्याकाल काम गरे।

२०६९ सालमा केन्द्रीय अनुशासन आयोगको सदस्यमा मनोनित भई नवाँ‌ राष्ट्रिय महाधिवेशनमा समेत काम गरेका उनले २०६० सालमा आफ्नै पहलमा तिनजुरे जडिबुटी सहकारी संस्था लिमिटेडको स्थापना गरे।  वर्षातको समयमा हिलाम्य बन्ने तेह्रथुमका सडकमा १२ महिना गाडी गुड्न मिल्ने बनाउने घोषणा खापुङले गरेका छन्। यसैगरी आठराई क्षेत्रमा विद्युत विस्तारलाई प्राथमिकता दिनेलगायतका योजना सार्वजनिक गरेका छन्।

‘जिल्लाको पूर्वी भागमा तमोर नदी छ, त्यो नदीसँग जोडिएका साविकका १० वटा गाविसको तल्लो क्षेत्र अत्यन्तै सुख्खा रहेकाले त्यस क्षेत्रमा कसरी पानीको व्यावस्थ गर्न सकिन्छ वैकल्पिक उपायको खोज गर्ने काम गछौँ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.