पूर्व प्रशासकको आँखा प्रदेश प्रमुखमा

पूर्व प्रशासकको आँखा प्रदेश प्रमुखमा

काठमाडौं :  प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवानिकट पूर्वप्रशासक, एनजीओकर्मी तथा समाजसेवी बालुवाटार धाउन थालेका छन् । स्वतन्त्र र गैरराजनीतिक व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने मापदण्ड बने पनि प्रधानमन्त्री देउवाले आफू निकटका व्यक्तिलाई प्र्रदेश प्रमुख नियुक्त गर्न गृहकार्य थालेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रदेश प्रमुखको आकांक्षीमा अनुराधा कोइराला, पूर्वमुख्यसचिव भोजराज पोखरेल, पूर्वसचिव माधव रेग्मी, नमिना सिंहलगायत छन् । स्रोतका अनुसार बालुवाटारले त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सुरेशराज शर्मालगायतलाई प्रदेश प्रमुखका लागि मौखिक प्रस्ताव गरेको छ । उनीहरूले त्यसको जवाफ दिइनसकेको स्रोतले बतायो ।

संविधानको धारा १६३ मा प्रदेश प्रमुख नियुक्तिसम्बन्धी व्यवस्था छ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखको नियुुक्ति गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री कार्यालयले प्रदेश प्रमुखको मापदण्ड र काम, कर्तव्य र अधिकार निर्धारण गरिसकेको छ । प्रदेश मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी प्रावधान छ ।

सरकारले प्रदेश प्रमुखको योग्यता, काम, कर्तव्य, अधिकार, पारि श्रमिक र सेवाका सर्त तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको प्रदेश प्रमुखसम्बन्धी ऐन २०७४ मा प्रदेश प्रमुखको काम कर्तव्य र अधिकार निक्र्योल गरिएको छ ।

प्रदेश प्रमुखले संविधान, ऐन र प्रदेश कानुनबमोजिम प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालना गर्ने, संघ र प्रदेशबीच समन्वयको भूमिका निर्वाह गर्ने, संविधान र कानुनबमोजिम मुख्यमन्त्री नियुक्त गर्ने, प्रदेश अध्यादेश जारी गर्नेलगायत अधिकार दिइएको छ ।

मासिक पारि श्रमिक ६७ हजार २ सय ५०, उपयुक्त आवास व्यवस्था सरकारले गर्ने भएपछि प्रमुखतर्फ पूर्वप्रशासकको आकांक्षा बढेको हो । प्रदेश प्रमुख बिरामी परे उपचारको सबै खर्च सरकारले व्यहोर्ने तथा उनले सम्पादन गरेका कार्यप्रति अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्थाले पनि आकांक्षी आकर्षित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.