५ वटा प्रदेशमा एमाले, २ वटामा कांग्रेस

५ वटा प्रदेशमा एमाले, २ वटामा कांग्रेस

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा पनि एमालेकै अग्रता देखिएको छ । वाम गठबन्धनका कारण प्रत्यक्षतर्फ राम्रो नजिता हासिल गरेको माओवादी समानुपातिकतर्फ भने तेस्रो स्थानमा छ । प्रत्यक्षतर्फ निकै खस्केको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । राति १० बजेसम्मको अवस्थामा एमालेले समानुपातिकर्फ १६ लाख ५ सय ३४ मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको कांग्रेसले १५ लाख ६ हजार ५ सय ७८ मत हासिल गरेको छ । प्रत्यक्षतर्फ जम्मा २२ स्थानमा मात्र जित हात पारेको कांग्रेसले समानुपातिकतर्फको नजिताबाट क्षतिपूर्ति पाउने देखिएको छ ।

प्रत्यक्षतर्फ कांग्रेसभन्दा निकैमाथि रहेको माओवादीले समानुपातिकमा भने ६ लाख ३२ हजार ३ सय ३४ मत मात्र प्राप्त गरेको छ । माओवादी केन्द्रले समानुपातिकमा कम मत पाएका कारण कांग्रेस र उसको संसद्मा उस्ताउस्तै उपस्थिति हुने सम्भावना रहेको आयोग पदाधिकारीहरूको अनुमान छ । यद्यपि, सबै जिल्लाको समानुपातिकतर्फको नजिता भने टुंगिसकेको छैन । समानुपातिकतर्फ १ लाख ६० हजार ८ सय १४ मत ल्याएर संघीय फोरम चौथो स्थानमा छ भने राजपा १ लाख ३ हजार ३ सय ९२ मतका साथ पाँचौ स्थानमा छ । यी पाँचवटा दलले १ लाख भन्दा बढी मत पाइसकेका कारण ३ प्रतिशत मत कटाउने अनुमान गरिएको छ । समानुपातिकमा ३ प्रतिशत मत पाउनेले मात्र राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

राप्रपाले पनि समानुपातिकतर्फ १ लाख मत कटाएको छ । विवेकशील साझा पनि १ लाख मतको नजिक छ । उसले ९६ हजार ७ सय १४ मत पाएको छ । नयाँ शक्ति, राप्रपा (प्रजातान्त्रिक) र जनमोर्चाले भने ५० हजार मत कटाउन सकेका छैनन् ।

यस्तै प्रदेशसभातर्फ पनि ५ वटामा एमाले र २ वटाको समानुपातिकतर्फ कांग्रेसको अग्रता छ । प्रदेश नम्बर १, ३, ४, ५ र ६ मा एमाले अघि छ भने प्रदेश २ र ७ मा कांग्रेस पहिलो स्थानमा छ ।

प्रदेश १ मा एमालेकै अग्रता देखिएको छ । एमालेले ३ लाख ६१ हजार ७ सय ७० मत पाएको छ भने कांग्रेसले ३ लाख २ हजार २३ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख २० हजार १ सय ५१ मत पाउँदा राप्रपाले २४ हजार ६ सय ९२ मत पाएको छ ।

प्रदेश २ मा भने एमाले चौथो स्थानमा छ । प्रदेश २ मा कांग्रेसले ८६ हजार ६ सय ३६, राजापाले ६४ हजार ९ सय २५ र संघीय फोरमले ५४ हजार ७ सय ३६ मत ल्याएको छ । एमालेले ५० हजार ६४ र माओवादीले ३० हजार ९ सय ३१ मत पाएको छ ।

प्रदेश ३ मा भने एमालेको अग्रता देखिएको छ । एमालेले २ लाख ९२ हजार ३ सय ३८ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले २ लाख ३३ हजार ४ सय ५४ मत पाएको छ । प्रदेश ३ मा तेस्रो स्थानमा रहेको माओवादीले १ लाख ४४ हजार ९ सय ११ मत पाएको छ । यो प्रदेशमा विवेकशील साझाले ५० हजार ८ सय ६६ मत पाएको छ ।

प्रदेश ४ मा पनि कांग्रेसभन्दा एमाले केही मतले अघि छ । एमालेले २ लाख ४७ हजार ७ सय १ मत पाउँदा कांग्रेसले २ लाख ४२ हजार ७ सय १३ मत पाएको छ । माओवादीले ९५ हजार १ सय ५० मत पाएको छ । प्रदेश ५ मा एमालेले ३ लाख १७ हजार २ सय ४२ र कांग्रेसले ३ लाख ७ हजार ६१ मत पाएको छ ।

प्रदेश ६ मा एमाले अघि छ भने प्रदेश ७ मा कांग्रेस पहिलो स्थानमा छ । एमालेले प्रदेश ६ मा १ लाख २ सय ४६ मत पाएको छ भने कांग्रेसले ९५ हजार ३१ मत ल्याएको छ । उक्त प्रदेशमा माओवादीले ७८ हजार ७ सय ५७ मत पाएको छ । प्रदेश ७ मा पहिलो स्थानमा रहेको कांग्रेसले १ लाख २६ हजार ३ सय १२ मत पाएको छ भने एमालेले १ लाख १६ हजार ९ सय ४० मत पाएको छ । यो प्रदेशमा माओवादीले ५० हजार ४ सय ७५ मत मात्र पाएको छ ।

प्रत्यक्षतर्फ

१ सय ६५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ स्थानको मात्र मत परिणाम सार्वजनिक हुन बाँकी छ । सुनसरी ३ र कैलाली २ को मात्र नतिजा सार्वजनिक हुन बाँकी रहेको आयोगले जनाएको छ । यी दुवै स्थानमा एमालेले अग्रता लिइरहेको छ । हालसम्म एमालेले ७८ स्थानमा जित हासिल गरेको छ भने माओवादीले ३६ स्थान जितेको छ । कांग्रेसले २२ सिट जितेको छ भने राजपा ११, संघीय फोरम १०, नयाँ शक्ति १, जनमोर्चा १, नेमकिपा १ र १ जना स्वतन्त्रले जित हासिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.