अग्रता लिदैँ गच्छदार

अग्रता लिदैँ गच्छदार

सुनसरी : सुनसरी क्षेत्र नम्बर ३ मा पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका विजयकुमार गच्छदारले अग्रता लिइरहेका छन्। उनले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरीलाई पछि पार्दै ५ सय १९ मतले अग्रता लिएका छन्।

गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धी भगवतीले ३५ हजार ५ सय ६१ मत ल्याएकी छिन्। अब ६ हजार ५ सय मत गणना हुन बाँकी रहेको छ। मतगणनास्थलामा कांग्रेस कार्यकर्ता उत्साहित भइरहेका छन्। यसैगरी गच्छदारले अग्रता लिइरहे उनको जित निस्कने सबैले आँकलन गरिरहेका छन्।

मतगणना स्थलमा सेनाले उच्च सतर्कता बढाएको छ। प्रदेश १ प्रहरी कार्यलयका डिआइजी ज्ञानविक्रम शाह, संघीय प्रहरी कार्यालय ईकाई धरानका प्रमुख हरिबहादुर पाललगायत परिचालन भएर सुरक्षा बढाएका छन्।

मतगणनाका क्रममा एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएपछि सोमबार बिहानदेखि मतगणना स्थगित भएको थियो। मतगणनाका क्रममा नौवटा रुख चिन्हमा छाप लागेको अर्धकट्टीसहितको मतपत्रलाई निर्वाचन अधिकृत टिकाभुषण घिमिरेले सदर गरेपछि एमाले उम्मेदवार चौधरीले मतगणनामा असन्तुष्टि जनाएकी थिइन। त्यस लगत्तै मतगणना अवरुद्ध भएको थियो।

उक्त क्षेत्रमै एउटा सूर्य चिन्हमा २० रुपैयाँको नोट टाँसिएको मतपत्र भेटिएपछि उक्त मतपत्र बदर गरिएको थियो। यसलाई पनि चौधरीले आपत्ति जनाएकी थिइन्। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.