उपप्रधान र वरिष्ठ मन्त्रीहरू नै पराजित

उपप्रधान र वरिष्ठ मन्त्रीहरू नै पराजित

 

काठमाडौं : सत्तामा नै रहेर प्रतिस्पर्धा गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारका दुई उपप्रधानमन्त्री र केही वरिष्ठ मन्त्री निर्वाचनमा पराजित भएका छन् । वर्तमान सरकारका करिब १८ जना मन्त्री चुनावी मैदानमा थिए । तीमध्ये अधिकांश पराजित भएका छन् । निर्वाचनमा धेरै मन्त्रीको हारले सत्ता र शक्तिको आडमा निर्वाचन सजिलै जित्न सकिने सोचसमेत गलत सावित गरिदिएको राजनीतिक विश्लेषक बताउँछन् ।

सरकारका वरिष्ठ उपप्रधानमन्त्री कमल थापा निर्वाचनमा पराजित भएका छन् भने अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि पराजित भएका छन् । मकवानपुर १ बाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका उपप्रधानमन्त्री थापा एमाले उम्मेदवार कृष्णप्रसाद दाहालसँग पराजित भए । अर्का उपप्रधानमन्त्री श्रेष्ठ स्याङ्जा २ मा एमालेकी पद्मादेवी अर्यालसँग पराजित भए ।

अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सुनसरी ३ मा एमालेकी भगवती चौधरीले चुनौती दिइरहेकी छन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा पराजित भए । उनी माओवादी केन्द्रका अग्नी सापकोटासँग ठूलो मतान्तरले पराजित भए । उद्योगमन्त्री सुनीलबहादुर थापा धनकुटामा एमालेका राजेन्द्र राईसँग पराजित भइसकेका छन् । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापा पनि काठमाडौं ७ मा पराजित भएका छन् । थापा एमालेका रामवीर मानन्धरसँग फराकिलो मतान्तरले पराजित भए ।

यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा कास्की १ मा एमालेका खगराज अधिकारीसँग पराजित भए । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत पनि काठमाडौं ३ मा एमालेका कृष्ण राईसँग पराजित भइन् । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर बारा ३ मा तेस्रो स्थानमा रहेर पराजित भइसकेका छन्् । भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहित पनि पराजित भएका छन् । उनी बर्दिया २ मा माओवादी केन्द्रका सन्तकुमार थारुसँग पराजित भए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर डोटीमा एमालेका प्रेमबहादुर आलेसँग पराजित भए । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालस“ग पराजित भए । अधिकांश मन्त्रीले आफ्ना मन्त्रालय र मन्त्रालय मातहतका विभिन्न परियोजना र आयोजनाका चार÷पाँच वटा सवारीसाधन गाडी निर्वाचन प्रचारप्रसारमा कार्यकर्ता बोक्न दुरुपयोग गरेको सम्बद्ध मन्त्रालय स्रोतले बताएका छन् ।

तर अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री भीमसेनदास प्रधान, सिँचाइमन्त्री सञ्जयकुमार गौतम र युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी भने निर्वाचनमा विजयी हुने भाग्यमानी मन्त्री भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.