अझैँ हटाएनन् चुनाव प्रचार सामग्री, कुरुप बन्यो  सदरमुकाम

अझैँ हटाएनन् चुनाव प्रचार सामग्री, कुरुप बन्यो  सदरमुकाम

दार्चुला : निर्वाचन सकिए पनि दार्चुलामा प्रचार प्रसारका लागि टाँगिएका झन्डा, व्यानर,र पर्चा पम्पलेट अझै हटाइएको छैन्। मौन अवधिमै निर्वाचन आयोगले हटाउन लगाउनु पर्ने भए पनि आचारसहिँता विपरीत टाँगिएका पर्चाले सदरमुकम र आसपासका बजार कुरुप बनेका छन्।

सडक भरी पर्चा खम्बामा झन्डा अनि बिजुलीका पोलमा उम्मेदवारका फोटो सहितका स्टिकर टाँसिएका छन्। कुनै ठाउँमा भने सडक वारपार हुने गरी झन्डा टाँगिएका छन्। सदरमुकाम्मा आज भोली बिभिन्न स्थानमा यस्तै दृश्यहरु देखिन्छन्। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सकिए पनि सदरमुकाम्का टोलटोलका दृश्य भने फेरीन सकेको छैन्। २१ गते बिहीवार सम्पन्न भएको निर्वाचनको मत परीणाम आई सक्दा पनि जित्ने हार्नेहरु र तिनका उम्मेदवारहरुले गरेको फोहोर भने जस्ताको त्यस्तै छ। चुनाव जित्नेहरुले विजय जुलुसमा समेत यस्ता पर्चाहरु सडकमा फालेर फोहोर गरेका छने् भने, हार्नेले पनि टाँगिएका पर्चा पम्पलेटहरु हटाइएका छैनन्।

‘उम्मेदवार भन्छन फोहोर हटाउँछौँ'

चुनाव प्रचार सामग्री नहटाइएका विजयी एवंम उपविजयी उम्मेदवारले केही दिनमै पर्चाहरु हटाउने प्रतिबद्धता जनाएका छन्। वामगठबन्धनका प्रदेशसभाका उम्मेदवार गेल्बोसिंह बोहरा, र मानबहादुर धामीले चुनाव प्रचारका सामग्री हटाउने बताएका छन्। ‘स्थानीय तहको निर्वाचनमा प्रयोग भए जति हामीले यसपाली धेरै प्रचार सामग्री प्रयोग गरेका छैनौँ, बोहराले भने, ‘राखेका जति सबै निकाल्छौँ,'। उनले केही दिन भित्रै सबै प्रचार सामग्री हटाएर सफा शहर बनाउने जानकारी दिए। दार्चुलाबाट पराजय भएका सम्पूर्ण उम्मेदवारहरुले पनि यो महिना भित्रनै पर्चा पम्पलेटहरु हटाउने बताएका छन्।

नगरको अनुरोध

महाकाली नगरपालिकाले निर्वाचन प्रचार सामग्री हटान सम्बन्धीत राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई सुचना जारी गरेको छ। नगरपालिकाले चुनावमा प्रयोग गरेका प्रचार सामग्री सबैले इमान्दारीपूर्वक हटाएर नगरपालिकालाई ( सफाशहर स्वच्छ नगर ) बनाउने तर्फ अपिल गरेको छ।

महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टका अनुसार चुनाव प्रचार सामग्रीले दार्चुला सदरमुकाम क्षेत्रको सौन्दर्यता बिग्रिएकाले हटाउन अनुरोध गरेको हो। सम्बन्धीत दल तथा व्यक्तिलाई हटाउन अनुरोध गरेका हौँ' नगर प्रमुख भट्टले भने।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.