तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुममा समानुपातिकमा पनि एमाले पहिलो

तेह्रथुम :  तेह्रथुममा समानुपातिकतर्फको मत गणना सम्पन्न भएको छ। समानुपातिक तर्फको मतको नतिजा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमाले अघि पहलिो भएको छ । एमालेले प्रतिनिधिसभातर्फ १८ हजार ४ सय १८, प्रदेशसभा क्षेत्र नं १ मा ९ हजार ७ सय ८० र प्रदेशसभा क्षेत्र नं २ तर्फ ७ हजार ९ सय २८ मत ल्याइ पहिलो भएको हो। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १६ हजार ९, प्रदेशसभा क्षेत्र नं १ मा ८ हजार ५ सय ७७ र प्रदेश सभा क्षेत्र नं २ मा ६ हजार १ सय ८६ मत ल्यायी दोश्रो भएको छ।

नेकपा मालेले प्रतिनिधि सभामा ३००३ मत, प्रदेशसभा क्षेत्र नं १ मा १ हजार ४ सय ३८ र प्रदेश सभा क्षेत्र नं २ मा १ हजार ३ सय ७८ मत ल्याइ तेश्रो भएको छ। प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा १ सय ५८ मत आएको छ। राष्ट्रिय जनता पार्टी नेपालमा ११, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा १ सय २० मत, संघीय समाजवादी फोरम नेपालमा २ सय १२ मत, नेकपा मालेले १सय ११, राष्ट्रिय जनमुक्ति पार्टीमा ३ सय ५, नयाँ शक्ति पार्टी नेपालले ६ सय ५ मत, मंगोल नेशनल अर्गनाइजेसनमा ३८,द देशभक्त गणतान्त्रिक मोर्चा नेपालमा ५२ मत, विवेकशील साझा पार्टीले २ सय ६९ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ५ सय ८२ मत ल्याएका छन्।

समानुपातिकतर्फ प्रतिनिधिसभामा जम्मा ४४ हजार २ सय २२ मत खसेकोमा ४१ हजार २ सय ५५ मत सदर भएको थियो भने २ हजार ९ सय ६७ बदर भएको छ। प्रदेश सभा क्षेत्र नं १ तर्फ जम्मा २४ हजार २ सय ६४ मत खसेकोमा २१ हजार ८ सय ४५ मत सदर भएको र २ हजार ४ सय १९ मत बदर भएको छ। यसै गरी प्रदेश सभा क्षेत्र नं २ मा जम्मा १९ हजार ९ सय ५८ मत खसेको छ ,कुल खसेको मत मध्ये १७ हजार ४ सय ६६ मत सदर र २ हजार ४ सय ९२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.