स्याङ्जा २(ख)बाट कांग्रेसका भागवतप्रकाश मल्ल विजयी
स्याङ्जा : नेपाली कांग्रेसको राम्रो जिल्लाको रुपमा मानिएको स्याङ्जाको एक प्रदेशमा मात्र नेपाली कांग्रेसले विजयी हात पार्न सफल भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ (ख)बाट नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्लले आफ्ना निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार सूर्यप्रसाद गैह्रेलाई पराजित गरेका छन् । नेता मल्ल माओवादी नेता सूर्यप्रसाद गैरेभन्दा १ हजार ५ सय ४० मत बढी प्राप्त गरी विजयी भएका हुन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित मल्लले १९ हजार १ सय ७० मत उनका प्रतिस्पर्धी गैह्रेले १७ हजार ६ सय ३० मत प्राप्त गरेका थिए । तरुण दलका स्याङ्जाका अध्यक्ष समेत रहेका मल्लले निर्वाचित घोषणा भएपछि पुतलीबजार नगरपालिका १ स्थित वीपीचोकमा पुगेर वीपीको शालिकलाई माल्यापर्ण गर्दै बद्लिदो परिस्थितीबाट आर्जित जनमतबाट नेपाली कांग्रेस कति पनि बिचलित नभएको बताउँदै सम्पूर्ण जनमत कदरका लागि आफनो योगदान रहने बताए ।