रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

रोल्पामा समानुपातिकमा माओवादी केन्द्र पहिलो

रोल्पा : समानुपातिकतर्प रोल्पामा नेकपा माओवादी केन्द्र पहिलो भएको छ। नेपाली कांगे्रस दोस्रो र एमाले तेस्रो भएका छन्। प्रतिनिधिसभातर्फको समानुपातिकमा माओवादी केन्द्रले २७ हजार २ सय २० र प्रदेशसभामा २५ हजार २ सय ६० मत प्राप्त गरी पहिलो भएको हो। नेपाली कांग्रेसले प्रतिनिधि सभातर्पm १५ हजार ८ सय ४७ र प्रदेशसभामा १४ हजार ४ सय १८ मत पाएर दोस्रो भएको हो। एमालेले १० हजार ५ सय ४५ प्रतिनिधिसभा र १० हजार २ सय ७१ मत ल्याएर तेस्रो तह कायम गरेको छ।

प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८ सय ३३ र प्रदेशका लागि १ हजार १९ मत ल्याएको छ। नेकपा (माले) र जन समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि १ हजार १९ र प्रदेशमा ९ सय ७६ मत ल्याएका छन्। राप्रपा (प्रजातान्त्रिक) ले प्रतिनिधिसभामा ६ सय ७५ र प्रदेशमा १ हजार १९ मत पाएको छ।

समानुपातिकतर्फको मत गणना कार्य मंगलबार सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले जानकारी दिए। समानुपातिक मतपत्रमा भएका चिन्ह प्रायःमा मत खसेको छ। अन्य पार्टीले हजार भन्दा कम मत पाएका छन्। नेपाली दलित पार्टी, देशभक्त समाज र हाम्रो पार्टीले १÷१ मत पाएका छन्। मतपत्रका चिन्ह कोही खाली थिएनन्। जिल्लामा पार्टी संगठन नभएकाको चिन्हमा पनि मत संकेट थिए। विवेकशील साझा पार्टीलाई ८८ मत र नयाँ शक्तिलाई २४ मत प्राप्त भएको छ।

समानुपातिकमा ७० हजार ५ सय ७० खसेको मतमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६ सदर र ११ हजार ४ सय ९४ बदर भए। प्रदेशसभातर्फ १५ हजार ७ सय ६६ वदर भयो भने ५४ हजार ८ सय ४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.