समानुपातिकमा ३८ दलले सय मत पनि कटाएनन्

समानुपातिकमा ३८ दलले सय मत पनि कटाएनन्

धादिङ : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फ भएको मतगणनामा धादिङमा ३८ वटा पार्टीले १ सय मत पनि कटाउन सकेनन । प्रतिनिधिसभातर्फ प्रतिस्पर्धामा रहेका ४९ पार्टीमध्ये ११ वटा पार्टीले मात्रै सयको आँकडा पार गर्न सके । सय नकटाउने ३८ वटा पार्टीमध्ये १६ पार्टीले दोहोरो अंकमा समेत मत ल्याउन सकेनन । २ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा सबैभन्दा थोरै मत पाउँनेमा नेपाल युवा पार्टी रहेको छ । उसले २ मत मात्रै पाएको छ ।

मतपरिणाम अनुसार वागठबन्धनको एक घटक नेकपा एमाले ५८ हजार ९ सय ५० मतसहित पहिलो भएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ४२ हजार ८ सय ६१ मत पाउँदा नेकपा माओवादी केन्द्रले २५ हजार ७ सय ७० मतसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि धादिङमा ९ हजार ५ सय २९ मत ल्याएको छ ।

त्यस्तै प्रदेशसभातर्फ पनि २० पार्टीले सयको आँकडा छुन सकेनन । त्यसमध्ये ४ वटा पार्टीले दोहोरो अंकमा मत ल्याउन सकेनन । ४ वटा प्रदेश रहेको धादिङमा प्रदेशसभातर्फ सबैभन्दा थोरै मत ल्याउने पार्टीमा नेकपा माक्सवादी पार्टी रहेको छ । चारवटा प्रदेशबाट उसले जम्मा ५ मत मात्रै पाएको छ ।
३१ वटा पार्टी प्रतिस्पर्धामा रहेकोमा प्रदेशसभातर्फ पनि नेकपा एमाले ५४ हजार ६ सय ७५ मतसहित पहिलो भएको छ । दोस्रो स्थानमा रहेको नेपाली काँङग्रेसले ४० हजार ३३ मत ल्याउँदा २७ हजार २ सय ७० मतसहित नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । धादिङको क्षेत्र नं २ को २ प्रदेशमा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएको राप्रपाले प्रदेशसभा तर्फ पनि कुल ७ हजार ९ सय ६१ मत ल्याएको छ ।

मत बदर : साढे ९ प्रतिशत

समानुपातिकतर्फ प्रदेश तथा प्रतिनिधि सभाको मतगणनामा कुल साढे ९ प्रतिशत मत बदर भएको पाइएको छ । प्रत्यक्ष र्फको भन्दा यो ५ प्रतिशतले बढी हो । प्रत्यक्षतर्फको मतगणनामा साढे ४ प्रतिशत मात्रै मत बदर भएको थियो ।

समानुपातिकमा पनि प्रतिनिधिसभामा भन्दा प्रदेश सभामा दोब्बर बढी मत बदर भएको छ । कुल १ लाख ५५ हजार ३ सय २३ मत खसेको समानुपातिकमा प्रतिनिधिसभातर्फ ७ दशमलव ७७ प्रतिशत अर्थात १२ हजार ८३ मत बदर भएको थियो भने प्रदेशसभातर्फ ११ दशमलव १८ प्रतिशत अर्थात १७ हजार ३ सय ७४ मत बदर भएको थियो ।

२ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको क्षेत्र रहेको धादिङमा क्षेत्रगत तुलनामा क्षेत्र नं १ मा भन्दा क्षेत्र नं २ मा ४ सय ७२ मत बढी बदर भएको छ । क्षेत्र नं १ मा कुल खसेको ७८ हजार ७ सय ३२ मतमध्ये ५ हजार ८ सय ३ मत बदर भएको थियो भने क्षेत्र नं २ मा कुल खसेको ७६ हजार ५ सय ९१ मत मध्ये ६ हजार २ सय ८० मत बदर भएको थियो ।

त्यस्तै ४ वटा प्रदेशमध्ये क्षेत्र नं १ को १ प्रदेशमा सबैभन्दा धेरै ४ हजार ८ सय ३० मत बदर भएको छ । त्यहाँ कुल ४३ हजार ४ सय ४८ मत खसेको थियो । त्यस्तै १ को २ मा कुल खसेको मध्ये ३५ हजार २ सय ८४ मतमध्ये ३ हजार ७ सय ३२ मत बदर भएको थियो । त्यसैगगरी क्षेत्र नं २ को १ मा कुल खसेको ४१ हजार २ सय ५९ मतमध्ये ४ हजार ६ सय ३६ मत बदर भएको थियो भने क्षेत्र नं २ को २ मा कुल खसेको ३५ हजार ३ सय २२ मतमध्ये ४ हजार १ सय ७६ मत बदर भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.