प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी

प्रदेश ३ मा ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धन विजयी

हेटौंडा : देशकै केन्द्र राजधानी काठमाडौं रहेको ३ नम्बर प्रदेशमा वाम गठबन्धनले दुई तिहाई क्षेत्रमा आफ्नो पकड जमाएको छ। प्रदेशसभाको ६६ सिटमध्ये ५७ सिटमा वाम गठबन्धनले जित हाँसिल गरेको हो।

प्रतिनिधिसभाको ३३ सिटमध्ये २७ सिटमा वामपन्थी गठबन्धनले जित हाँसिल गरेको छ। वाम गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेलाई प्रदेशमा बहुमत प्राप्त भएको छ। एमालेले प्रतिनिधिसभाको २० र प्रदेशसभाको ४२ क्षेत्रमा जित हाँसिल गरेको हो। अहिलेको परिणामअनुसार एमाले एक्लैले पनि प्रदेश सरकार सञ्चालन गर्नसक्नेछ।

वामपन्थी गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ७ र प्रदेशसभामा १५ क्षेत्रमा सफलता प्राप्त गरेको छ। नेपाली कांग्रसले ५ प्रतिनिधिसभा र ७ प्रदेशसभामा जित निकालेको छ। प्रतिनिधिसभाको १ र प्रदेशसभाको १ क्षेत्रमा नेमकिपाले विजयी हाँसिल गरेको छ भने प्रदेशसभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालले १ क्षेत्रमा जित हात पारेको छ।

नेकपा एमालेले प्रतिनिधिसभातर्फ काठमाडौंमा ६, काभ्रेपलान्चोकमा १, चितवनमा २, दोलखामा १, धादिङमा २, नुवाकोटमा १, भक्तपुरमा १, मकवानपुरमा २, ललितपपुरमा २, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ क्षेत्र जितेको हो।

प्रदेशसभा सदस्यमा एमालेले काठमाडौंमा १६, काभ्रेपलान्चोकमा ३, चितवनमा ४, दोलखामा १, धादिङमा २, नुवाकोटमा २, भक्तपुरमा ३, मकवानपुरमा १, ललितपपुरमा ४, रामेछापमा २, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ क्षेत्र जितेको छ।

नेकपा माओवादी केन्द्रले काभ्रेपलान्चोकमा १, चितवनमा १, नुवाकोटमा १, ललितपपुरमा १, रामेछापमा १, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ क्षेत्र जितेको छ।

प्रदेशसभा तर्फ काभ्रेपलान्चोकमा १, चितवनमा २, दोलखामा १, धादिङमा २, नुवाकोटमा २, मकवानपुरमा २, ललितपपुरमा २, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ क्षेत्रमा जित हाँसिल गरेको छ।

प्रत्यक्षतर्फ बाम गठबन्धनले दुई तिहाई सिट जितेपनि काठमाण्डौं र भक्तपुर नेकपा माओवादी केन्द्रलाई फापेन। एक्लै प्रदेश सरकार सञ्चालन गर्नसक्ने हैसियत बनाएको नेकपा एमाले पनि रसुवामा भने क्लिन स्वीप भएको छ। त्यहाँ नेकपा माओवादी केन्द्रले पनि आफुलाई अस्तित्वमा राख्न सकेन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.