‘कारबाही नगरे एमाले र माओवादी पार्टी एकीकरणमा नजाने’

‘कारबाही नगरे एमाले र माओवादी पार्टी एकीकरणमा नजाने’

सिमकोट : गत मंसिर १० मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने माओवादी र एमाले नेता तथा कार्यकर्ताहरूलाई केन्द्रले कारबाही नगरे हुम्लामा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणमा सहभागी नहुुने माओवादी केन्द्र हुम्लाले चेतावनी दिएको छ।

दुवै पार्टीबीच चुनावी तालमेल गर्ने केन्द्रको निर्णयअनुसार हुम्लामा समेत प्रतिनिधि र प्रदेशसभामा मिलाएर उम्मेदवार उठाएको भए पनि माओवादी केन्द्रका जिम्मेवार नेता र एमाले नेतृत्वले गठबन्धनको केन्द्रीय नीतिविपरीत स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको माओवादी केन्द्रले बताएको छ। गठबन्धनबाट चुनाव लडे पनि प्रतिनिधि र प्रदेशसभा ‘ख’ का उम्मेदवारले हार बेहोर्नुपरेको भन्दै माओवादी हुम्लाले गठबन्धनलाई धोका दिने दुवै पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतालाई कारबाहीको माग गरेको हो।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार तथा माओवादी केन्द्र हुम्लाका इन्चार्ज छिमी लामा आशाकरद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत आफ्नो पार्टी माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कर्णजित बुढाथोकी र छिरिङ डम्डुल लामालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ।

चुुनावमा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार छिमीदोर्जी लामाविरुद्ध बागी उठेका छक्कबहादुर लामाले प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गर्नुभएको थियो।

माओवादी केन्द्र हुम्लाले गत मंसिर १० मा सम्पन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लाग्ने तीन दर्जन नेता तथा कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गरेको छ भने पोलिटब्युरो सदस्य कर्णजित बुढाथोकी र छिरिङ डम्डुल लामासहित गाउँदेखि जिल्लास्तरका २५ जना नेतालाई तत्काल कारबाहीको माग गरिएको छ।

निर्वाचनमा समानुपातिक मतगणना सकिएलगत्तै सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ– ‘पार्टी केन्द्रको निर्णय, नीति र निर्देशनबमोजिम आधिकारिक उम्मेदवारलाई छाडेर स्वतन्त्रलाई समर्थन गरी अराजनीतिक चरित्र देखाउने नेतालाई जिल्ला पार्टी तत्काल कारबाहीको माग गर्दछ।’

पार्टीले तय गरेका उम्मेदवारभन्दा पैसाको लोभमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गरी वाम गठबन्धनलाई तुहाउने खेलमा लाग्ने गठबन्धनका प्रमुख घटक एमाले हुम्लाका अध्यक्ष दल रावललाई समेत कारबाहीको माग गरिएको माओवादी केन्द्र हुम्लाका इन्चार्ज छिमीदोर्जे लामाले बताए।

गठबन्धनलाई सुरुदेखि नै बलियो गरी अघि बढाउने र संयुक्त निर्वाचन प्रचारप्रसारलाई जोडतोडका साथ लैजाने कुरामा आफ्नो पार्टीले निकै प्रयास गर्दा पनि गठबन्धनका प्रदेशसभा ‘क’ का उम्मेदवारसमेत रहेका एमाले जिल्ला अध्यक्ष रावलले नियतवश बेवास्ता गरेको र लामाले निर्वाचनमा दोषी देखिएका माओवादी केन्द्रका २५ जना नेता र एमाले अध्यक्ष रावललाई कारबाही नगरे पार्टी एकीकरण प्रक्रियामा हुम्ला सामेल नहुने प्रस्ट पारे।

पार्टीका तर्फबाट स्थानीय तहको निर्वाचनमा जितेका नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामा, सर्केघार्ड गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकाया, चंखेल्नी गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई, सिमकोट गाउँपालिकाका उपाध्यक्ष वली रावत लगायतले सरकारी रकमको आश्वासनसमेत दिएर पार्टीलाई हराउन अन्तर्घात गरेकाले अविलम्ब कारबाही गर्न केन्द्रीय पार्टीसमक्ष माग गरिएको छ।

प्रतिनिधिसभामा बागी उठेर जितेका छक्कबहादुर लामा र गठबन्धनका प्रदेशसभा ‘क’ का विजेता तथा एमाले जिल्ला अध्यक्ष दल रावलको पुरानै संगतअनुसार चुनावी तालमेल गरेको आरोप लामाले लगाएका छन्। लामाले कम्पनीको नाम उल्लेख नगरी पुरानो कम्पनीमा सँगै काम गरेको नाताले यो निर्वाचनमा स्वतन्त्र उम्मेरदारसँग एमाले हुम्लाले गठबन्धन गरेर आफ्नो पार्टीलाई धोका दिएको आरोपसमेत लगाए।

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने माग गरेका उनले पार्टीलाई जिल्लाको पहिलो शक्ति बनाउन आफू अब नयाँ ढंगले जाने बताए।

एक प्रतिनिधिसभा र २ प्रदेशसभाको सिट भएको हुम्लामा प्रदेशसभा ‘क’ बाहेक अन्य दुई स्थानमा गठबन्धनले पराजय भोगेको छ। प्रतिनिधिसभामा स्वतन्त्रबाट माओवादीले कारबाही गरेका छक्कबहादुर लामाले भने जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.