दार्चुलामा १३ प्रतिशत मत बदर

दार्चुलामा १३ प्रतिशत मत बदर

दार्चुला : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षामा करीब ४० लाख बराबरको रकम खर्च हुँदा बदर मत अत्यधिक रहेको छ । पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकमा १३ दशमलव २ प्रतिशत मत बदर भएको छ । जिल्लामा प्रत्यक्षतर्फ भने ४ प्रतिशत मत बदर रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता शिक्षामा साढे ३७ लाख र सञ्चार तालिम लगायत अन्य आन्तरिक खर्च जोड्दा करीब ४० लाख खर्च हुन आउने जिल्ला निर्वाचन कार्यालयका अधिकृत तुल्सीराम पाण्डेले जानकारी दिए । समानुपातिकतर्फ प्रदेशसभा ‘क’ मा कूल ३० हजार २ सय ५४ मत खसेकोमा ४ हजार १८ मत बदर भएका छन्। जुन १३ प्रतिशत हुन्छ । समानुपातिककै प्रदेशसभा ‘ख’ मा कूल २४ हजार २ सय ५० मतबाट २ हजार सात सय ७२ मत बदर भएका छन् ।

जुन ११ दशमलव ४३ प्रतिशत हुन्छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ कुल ५४ हजार ५ सय ३ मत खसेकोमा ४९ हजार ९ सय १९ सदर भएका थिए। समानुपातिकमा बदर मत ४ हजार ५ सय ५४ रहेका छन् । संख्यात्मक हिसाबले समानुपातिकतर्फ ११ हजार ३७४ मत बदर भएको छ । प्रत्यक्षतर्फ यहाँ ४ हजार ३९३ मत बदर भएको छ थियो ।

यसरी हेर्दा प्रत्यक्षभन्दा समानुपातिकतर्फ ६ हजार ९ सय ८१ बढी मत बदर भएको छ । दुवै प्रदेशसभाको समानुपातिकतर्फ मात्रै ६ हजार ७ सय ९० मत बदर भएका छन् । कुल मतदाता संख्याको ६९ दशमलव ४२ प्रतिशत खस्दा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुँदा करीब ९ प्रतिशत मत बदर हुन पुगेको छ । प्रदेशसभा ‘क’ मा कूल खसेको मतको ८.९३ प्रतिशत मत बदरको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

समानुपातिककै प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा कूल खसेको मतको ८.२४ प्रतिशत मत बदर भएको छ । त्यस्तै प्रत्यक्षतर्फ प्रदेशसभा ‘क’ क्षेत्रमा ३० हजार २ सय २० मत खसेको एक हजार ५३ मत बदर भएको छ । प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा २४ हजार ३ सय २३ मत खसेकोमा ९ सय ९३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बदर मतको संख्या बढ्नुमा मतदाता शिक्षा प्रभावकारी नहुनु र मतदान स्थलमा सही तरिकाले मतदाताहरूलाई मतदान प्रकृया बारे जानकारी गराउन नसकेको मतदाताको गुनासो छ । मतदाता शिक्षा कार्यक्रमका लागि पर्याप्त सयमको अभाव, मतदाताहरूमा सिक्ने इच्छा शक्तिको अभावका कारण मत बदर संख्या न्यून गर्ने लक्ष्य सफल हुन नसकेको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले बताए । एक प्रकारको मत अर्को प्रकारको मतपेटिकामासमेत मत भेटिएको हुनाले बदर मतको संख्या बढी देखिएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.