पर्वतमा २२ उम्मेदवारको जमानत जफत

पर्वतमा २२ उम्मेदवारको जमानत जफत

कुश्मा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका पर्वतका २२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत कटाउन नसकेका कारण २२ जना उम्मेदवारको जमानत जफत भएको हो । पर्वतमा प्रतिनिधिसभामा दुई र प्रदेशसभा १ र २ मा पनि दुई÷दुईजना मात्र उम्मेदवारले जमानत बचाउन सके ।

बाँकी सबै उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जानकारी दिएको छ । कार्यालय प्रमुख लक्षु शर्माका अनुसार प्रतिनिधिसभामा पराजित अर्जुनप्रसाद जोशी तथा प्रदेसभामा पराजित नवराज गुरुङ र राजेन्द्र तिवारीको मात्रै जमानत बचेको छ । पर्वतको प्रतिनिधिसभामा १४ जना उम्मेदवार चुनावी मैदानमा थिए । प्रदेशसभा १ मा ६ र प्रदेशसभा २ मा आठजना उमेदवारले प्रतिस्पर्धा गरेका थिए ।

कार्यालयका अनुसार पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ६९ हजार आठ सय ६३ मत खसेको थियो । त्यसमध्ये प्रतिनिधिसभामा ६७ हजार पाँच सय ८२ मत सदर भएको थियो । दुई हजार दुई सय ८१ मत भने बदर भएको थियो ।

जमानत जफत भएकामध्ये प्रतिनिधिसभा नेकपा मालेका हरिहर थापाले पाँच सय ९९, राष्ट्रिय जनमुक्ति पार्टीकी मानकुमारी पाईजाले दुई सय ५५ तथा राष्ट्रिय जनमोर्चाका गोविन्द पौडेलले २ सय ३४ मत पाएका थिए । प्रदेशसभा १ तर्फ ३८ हजार सात सय २७ मत सदर भएको थियो भने २९ हजार पाँच सय ८४ मत सदर भएको थियो । प्रदेशसभा १ मा चार र प्रदेशससभा २ मा ६ उम्मेदवारको जमानत जफत भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.