मतदातालाई धन्यवाद दिन घरदैलोमा

मतदातालाई धन्यवाद दिन घरदैलोमा

गुल्मी : प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधि र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन क्षेत्र नं १ बाट एमाले सचिव प्रदीप ज्ञवालीले विजय हासिल गरेका छन् । कांग्रेसका युवा नेता चन्द्र भण्डारीलाई पराजित गर्दे ३७ हजार ८ सय १४ मत प्राप्त गरी ज्ञवाली विजयी भएका हुन् । भण्डारीले ३० हजार दुई सय ५६ मत ल्याएका छन् । यसअघिका २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा ज्ञवाली र २०७० को निर्वाचनमा भण्डारी विजयी भएका थिए ।

निर्वाचन क्षेत्र नं २ मा पनि एमाले सचिव गोकर्ण विष्टले भारी मतअन्तरका साथ विजय प्राप्त गरेका छन् । झन्डै दोब्बर मतान्तरले विजयी विष्टले ३४ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । कांग्रेसका चन्द्र केसीले भने २० हजार एक सय ५७ मत प्राप्त गरेका छन् ।


विजयी उम्मेदवारहरू कृतज्ञताका लागि पुनः गाउँ पुगेका छन् ।

मतदाताले आफुहरूलाई विश्वास गरी मत दिएकाले विजयी उम्मेदवारहरू मतदातालाई धन्यवाद दिन पुनः गाउँ पुगेका छन् । विजयी भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकतामा मतदाता रहेको बताउँदै उनीहरू गाउँ पुगेका हुन् । जनताको मत सर्वोपरि भएकाले मतदाताकै घरमा पुगेको एमाले सचिव तथा क्षेत्र नं १ का निर्वाचित सांसद प्रदीप ज्ञवालीले बताए । ‘म फेरि पनि जनताकै घरदैलोमा छु', उनले भने, ‘विकास र समृद्धिका कामको भारी बोकेर फर्किन्छु ।' मतदातालाई धन्यवाद दिँदै उनले आफू सोही क्षेत्रको विकासमा निरन्तर लाग्ने प्रतिक्रिया दिए । एमाले सचिव तथा क्षेत्र नं २ का सांसद गोकर्ण विष्ट पनि मतदातालाई धन्यवाद दिन घरमै पुगेका छन् ।


विजय भईसकेपछि एमाले सचिवद्धय प्रदिप ज्ञवाली र गोकर्ण विष्ट सहित बाम गठबन्धनका उम्मेदवार ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.