पहिलोपटक चुनावको अनुभव गरेँ : प्रचण्ड

पहिलोपटक चुनावको अनुभव गरेँ : प्रचण्ड

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक चुनावी प्रतिष्पर्धाको अनुभव भएको बताएका छन्। यसअघि अन्य जिल्लाबाट निर्वाचन जितेपनि यसपटक मात्रै वास्तविक चुनावको अनुभव भएको बताए।

नेपाल पत्रकार महासंघ चितवन शाखाले जिल्लामा नवनिर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले चितवनको निर्वाचनले जनतासँगको प्रत्यक्ष भेटघाट, प्रतिष्पर्धा सबै अनुभव भएको बताए। ‘यसअघि रोल्पा, काठमाडौं र सिराहाबाट चुनाव लड्दा खासै मेहेनत नगर्दा अनुभव गर्न पाइन' दाहालले भने,‘ व्यक्तिगत रुपमा चुनावको मर्म भावना, तितो मिठो अनुभव बल्ल थाहा भो।'

चितवन क्षेत्र नम्बर तीन बाट निर्वाचित दाहालले वामगठबन्धनको एजेण्डालाई जनताले अनुमोदन गरेर जिम्मेवारी सुम्पेको बताउदै जनताको अघि बोलेको कुरा पूरा गरेरै छाड्ने बताए। जनताको आशा अपेक्षा अनुसार राजनैतिक स्थायीत्व र आर्थिक विकासको समृद्वि ल्याउने दावी गरे। अबको सरकार संविधानको मर्म र भावनाभन्दा बाहिर नजाने भन्दै भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्ने बताए ।

नेपालमा वामपन्थीको सरकार आए अधिनायकवाद आउँछ भनेर गलत हल्ला गरिएको भन्दै कम्यूनिष्टको सरकारले स्थायित्व र समृद्वि दिने बताए । ‘अधिनायकवाद र निरकुंश हुन्छ भन्ने भ्रम हो, यो भोलिका दिनमा सावित हुन्छ' उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान भन्दा बाहिर जाने कुरै हुदैन।' उनले सबै शक्ति मिलेर देश निमार्णमा जानुपर्नेमा जोड दिए।

दाहालले चितवनमा आमसञ्चार प्रतिष्ठान स्थापना गर्न आफूले पहल गर्ने बताए। कार्यक्रममा क्षेत्र नम्बर एकबाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले संकल्प सहितको इमान्दार सरकार र परिश्रमी जनताको माध्यमले देशमा समृद्वि कायम गर्ने बताए।

काग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने भन्दै कांग्रेसका मुद्धालाई पनि सम्बोधन गरेर अघि बढ्ने बताए। अन्र्तराष्ट्रिय समुदायलाई समेटेर देशमा स्थायित्वसहितको समृद्वि गर्ने पाण्डेको भनाई थियो।

चितवनबाट निर्वाचत तीन जना प्रतिनिधि सभा सदस्य र ६ प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना दिइएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.