डोटीमा समानुपातिक मत कांग्रेसलाई बढी

डोटीमा समानुपातिक मत कांग्रेसलाई बढी

डोटी: डोटीमा समानुपातिकतर्फको मतगणना सकिएको छ। समानुपातिकतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा दुबैमा कांग्रेसको बढी मत आएको छ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले २८ हजार एक सय चार मत ल्याएको छ भने नेकपा एमालेले २५ हजार चार सय ८४ मत पाएको छ । माओबादी केन्द्रको भने पाँच हजार दुई सय ६९ मत आएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फ सातहजार चार सय १६ मत बदर भएका छन्। जम्मा एक लाख छ हजार पाँच सय ४३ मतदाता संख्या रहेको डोटी जिल्लामा ६९ हजार एक सय ४९ संख्यामा मत खसेको थियो । समानुपातिकतर्फ डोटीमा प्रतिनिधिसभामा जम्मा ४७ पार्टीले मत पाएका छन्।

त्यसैगरी प्रदेशसभातर्फ कांग्रेसले जम्मा २५ हजार छ सय ९५ मत पाएको छ भने एमालेले २१ हजार तिन सय ६६ मत ल्याएको छ। माओबादी केन्द्रले भने सात हजार दुई सय ७८ मतमात्र ल्याएको छ । प्रदेशसभामा भने समानुपातिकतर्फ जम्मा ११ हजार पाँच सय ५५ मत बदर भएका छन् । प्रदेशसभातर्फका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि रहेको छ।

प्रदेशसभा सदस्यतर्फको निर्वाचन क्षेत्र १ माजम्मा १९ पार्टीहरुले मत पाएका छन् भने निर्वाचन क्षेत्र २ मा जम्मा २० पार्टीले मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.