देश नयाँ युगमा प्रवेश गर्यो : उपराष्ट्रपति पुन

देश नयाँ युगमा प्रवेश गर्यो : उपराष्ट्रपति पुन

नेपालगन्ज : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल अब नयाँ युगमा प्रवेश गरेको बताएका छन्। स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समेत सौहार्दपूर्ण तरिकाले सम्पन्न भएकाले अब राजनीतिक लडाईंको युग अन्त्य भएको बताएका छन्। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले बाँकेमा आयोजना गरेको सात दिने पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले तीन तहको निर्वाचन सकेर संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेसँगै देश नयाँ युगका प्रवेश गरेको बताएका हुन्।

‘एक वर्षमा तीन तहका निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको अन्तिम चरणमा आइपुगेका छौं, अब केन्द्रीय र प्रदेश सरकार गठन गर्न बाँकी छ,’ पुनले भने, ‘नयाँ सरकार गठनसँगै देशको अवस्था पनि नयाँ युगमा प्रवेश गर्नेछ, हामी सँधै राजनीतिक संक्रमणकालकै अधिनमा थियौँ। अब संक्रमणकालीन युग समाप्त भएको छ, आगामी बाटो भनेको विकास र आर्थिक समृद्धिको हो।’

राजनीतिक दलले जनताबाट पाएको मतको उच्च कदर गर्दै देशलाई समृद्धिको बाटोमा लानुपर्ने पुनले उल्लेख गरे। यस्तै उनले आर्थिक, सामाजिक विकासका लागि प्रतिस्पर्धा आवश्यक भएकोका दुई छिमेकी देशसँग सहकार्य गरी प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढ्नु नै उचित हुने पुनको भनाइ छ।

पुनले प्रदेश सरकारले पनि आन्तरिक स्रोत साधनको समुचित रुपमा स्वच्छ प्रयोग गरी आर्थिक क्रान्ति गर्न सकिने बताए। ‘संघीय संचनामा गएकाले अबको केही समयमै प्रदेश सरकार पनि गठन हुनेछ, हरेक प्रदेशले आर्थिक क्रान्तिका लागि आफ्नै मोडेल बनाउनेछन्,’ पुनले भने, ‘सबै प्रदेशले स्वच्छ तरिकाले एक अर्कासँग प्रतिस्पर्धा गर्नसक्नुपर्दछ।’ लामो राजनीतिक संक्रमणकालपछि पाएको उपलब्धीलाई संस्थागत गर्नका लागि आन्तरिक मनमुटावलाई त्यागेर सबै नेतृत्व आर्थिक क्रान्तिको बाटोमा उभिनुपर्ने धारणा व्यक्त गरे।

ज्ञानको मुख्य स्रोत नै किताब भएको भन्दै सबैले किताब पढ्ने संस्कृतिलाई अंगिकार गर्नुपर्ने उनको भनाइ छ। दक्ष शैक्षिक जनशक्तिबाट मात्रै समृद्धिको आशा राख्न सकिने हुँदा शिक्षाको क्षेत्रमा गुणस्तरीयता ल्याउनका लागि शैक्षिक महोत्सवहलाई सरकारी स्तरबाट समेत प्राथमिकतामा राख्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.