गठवन्धनबाहेक सबै उम्मेदवारको जमानत जफत

गठवन्धनबाहेक सबै उम्मेदवारको जमानत जफत

धनकुटा : धनकुटामा गठवन्धनबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। मंसिर २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी राजनीतिक दलमध्ये लोकतान्त्रिक र वाम गठवन्धनबाहेकका १३ उम्मेदवारको जमानत जफत भएको हो।

जमानत जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने निर्वाचन आयोगको प्रावधान भएपनि धनकुटाका १३ उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी केशव पौडेलले बताए।

लोकतान्त्रिक र वाम गठवन्धनको तर्फबाट प्रदेश तथा प्रतिनिधिसभामा उम्मेदवार बनेकाका मात्रै जमानत जफत भए। बाँकी सबै उम्मेदवारको जमानत जफत भयो।

प्रतिनिधिसभातर्फका ६ उम्मेदवारमध्ये ४ उम्मेदवारको जमानत भयो। प्रतिनिधिसभातर्फ ६६ हजार ५ सय ६४ सदर मत खसेको थियो। जमानत जोगाउन ६ हजार ६ सय ५६ मत ल्याउनुपथ्र्यो तर कतिपय उम्मेदवारले १ हजार मत पनि कटाउन सकेनन्। जमानत जफत हुने उम्मेदवारमा राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर रसाइली, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सुभानसिंह राई, मंगोल नेसनल अर्गनाइजेसनका श्याममान राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका चन्द्रसिंह लिम्बु नेम्वाङ रहेका छन्।

त्यस्तै प्रदेशसभा ‘क’ तर्फका ७ उम्मेदवारमध्ये ५ उम्मेदवारको जमानत जफत भयो। प्रदेश ‘क’ तर्फ ३५ हजार ५ सय २ सदर मत खसेको थियो। जमानत जोगाउन ३ हजार ५ सय ५० ल्याउनु पर्छ। तर ५ जना उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन्। जमानत जफत हुने उम्मेदवारमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का ज्ञानवहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका क्षेत्रबहादुर लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका खगेन्द्र प्रसाद राई र जनप्रजातान्त्रिक पार्टी नेपालका सोमबहादुर राई छन्।

प्रदेश सभा ‘ख’ तर्फ पनि ४ उम्मेदवारको जमानत जफत भयो। प्रदेश सभा ‘ख’ तर्फ ६ जना उम्मेदवार थिए। ३१ हजार ४ सय ५२ सदर मत खसेको यस क्षेत्रमा जमानत जोगाउन दलका उम्मेदवारले १० प्रतिशत अर्थात ३ हजार १ सय ४५ मत ल्याउनुपर्छ। ‘ख’ तर्फ जमानत जफत हुने उम्मेदवार एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का दाजङ्र्वो शेर्पा, संघीय लोकतानिधक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, नेपाली कांग्रेस (वीपी) का विकास तामाङ, नेपाल मजदुर किसान पार्टीका दुर्गामान थापा छन्। धनकुटामा ११ दलका १९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.