विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई

विजयीहरुलाई घरदैलो र सभामा भ्याईनभ्याई

भोजपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएपछि भोजपुरमा विजयी उम्मेदवारहरु घरदैलो र सभामा व्यस्त छन् । प्रतिनिधिसभा सदस्यमा विजयी माओवादी केन्द्रका सुदन किँराती, प्रदेशसभा क मा विजयी नेकपा एमालेका राजेन्दकुमार राई र प्रदेशसभा ख बाट विजयी शेरधन राई घरदैलो गर्दै जनतासामु पुगेका छन् ।

भोजपुरमा वाम गठबन्धनले बाजी मारेपछि उम्मेदवारहरु उही एजेण्डा र प्रतिबद्धता दोहो¥याउँदै जनतालाई धन्यवाद दिन गाउँगाउँ, घरघर, टोलटोलका सभामा भ्याईनभ्याई देखिएका छन् ।
जनताको अमूल्य भोट बेचेर नखाने प्रतिनिधीसभा सदस्य सुदन किँरातीले बताए । ‘जनताको अमूल्य भोट हामी बेचेर खाने छैनौ । जनता नै हाम्रा भगवान हुन् । उहाँहरुको अनुहारमा हाँसो ल्याउनेछौ ।’ उनले भने । चुनाव अघिको एजेण्डालाई दोहो¥याउँदै उनले भोजपुर र संखुवासभाको सीमानामा पर्ने अरुण तेस्रोबाट संखुवासभा जिल्लाले मात्र लाभ लिने कुराका विरोध गर्दै भोजपुरलाई समेत लाभ दिलाउन भुमिका खेल्ने बताए ।

त्यस्तै प्रदेशसभा ख बाट विजयी मुख्यमन्त्रीको चर्चामा रहेका शेरधन राईले पनि जनताको अमूल्य भोटलाई त्यसै खेर जान नदिई विकास र समृद्धिको ढोका खोल्ने कार्यमा आफु र आफ्ना विजयी वाम उम्मेदवारहरु विश्वस्त रहेको ईच्छा जाहेर गरे । राईले सुनसरी, उदयपुरसँग सीमा जोडिएको भोजपुरको दक्षिणी क्षेत्रलाई भोजपुर सदरमुकाम हुँदै चिनको किमाथाङ्कासम्म जोड्ने विकासको एजेण्डा पनि दोहो¥याए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.