राज्यमन्त्रीको जमानत जफत

राज्यमन्त्रीको जमानत जफत

जनकपुरधाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनुषाबाट उम्मेदवारी दिएका एक सय ८४ जनाको जमानत जफत भएको छ । एक बिनाविभागीय राज्यमन्त्रीसमेत यहाँ जमानत जोगाउन असफल भएका छन् । प्रतिनिधिसभातर्फ ७२ र प्रदेशसभातर्फ एक सय १२ जनाको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा अन्तर्गत चार निर्वाचन क्षेत्रमध्ये १ मा १५, २ मा १२, ३ मा २६ र ४ मा २२ जनाको जमानत जफत भएको छ । प्रदेशसभातर्फ क्षेत्र नम्बर १ क मा मा १३, ख मा १३, २ को क मा ११, ख मा १८, ३ को क मा १२ र ख मा १८ जनाको जमानत जफत भएको जनाइएको छ । त्यसैगरी, क्षेत्र नम्बर ४ को प्रदेशसभा क मा १५ र ख मा १२ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसरी जमानत जफत हुनेमा राज्यमन्त्रीदेखि स्वतन्त्र उम्मेदवारसम्म छन् । बिनाविभागीय राज्यमन्त्री रामसिंह यादवको पनि जमानत जफत भएको हो । देशभर वाम गठबन्धनको लहर भए पनि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा यादवले निकै कम मत ल्याउन सके । उनले दुई हजार तीन सय ९२ मत मात्र पाएका हुन् । ९७ हजार पाँच सय मतदाता रहेको यो क्षेमा ६५ हजार दुई सय ६९ मत खसेको थियो । यस क्षेत्रबाट राजपाका उम्मेदवार राजेन्द्र महतो कांग्रेसका विमलेन्द्र निधिलाई दुई हजार नौ सय तीन मतले पराजित गर्दै निर्वाचित भएका छन् ।

यस क्षेत्रकै चर्चित व्यक्तित्व डा. कृष्णचन्द्र साहले पनि जमानत गुमाएका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका साहलाई ९८ मत प्राप्त भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.