पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट

पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट

काठमाडौँ : पाँच राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले मात्रै ३ प्रतिशत मत कटाउने सम्भावना देखिएको छ। ३ प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ।

शुक्रबार विहान ११ बजेसम्म समानुपातिकको मतगणनाको परिणाम अनुसार एमालेले सबै भन्दा बढी ३४ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३३ प्रतिशत, नेकपा माओवादीले १४ प्रतिशत, फोरमले ५ र राजपाले ४ प्रतिशत मत प्राप्त गरेका छन् । उता एक सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय दलको सूचिमा नपर्ने भएको छ। राप्रपाले ३ प्रतिशत मत ल्याउने अवस्था न्यून रहेको छ।

त्यसै निर्वाचनको समयमा चर्चाको शिखरमा रहेको विवेकशील साझा पार्टीले पनि ३ प्रतिशत मत नकाटाउने भएको छ। एक सिट जितेका नयाँ शक्ति नेपाल, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा समेत राष्ट्रिय दल नबन्ने भएको छ । निर्वाचन आयोगका अनुसार मुलुक भर १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको छ। जसमा अहिलेसम्म ९० प्रतिशतको हाराहारीमा मतगणना भइसकेको छ। यता प्रत्यक्ष तर्फ एमालेले ८०, माओवादी केन्द्र ३६, काँग्रेसले २३, राजपाले ११, फोरमले १० सिट जितेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.