रोल्पामा २२ प्रतिशतभन्दा बढी मत बदर

 रोल्पामा २२ प्रतिशतभन्दा बढी मत बदर

रोल्पा : एउटै जिल्लामा हजारौंको संख्यामा मत बदर भएपछि रोल्पामा निर्वाचन आयोग र दलहरू आश्चर्यमा परेका छन् । यसले समानुपातिक सूचीमा रहेका नेता चिन्तामा पारेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्पm गरी रोल्पामा ३७ हजारभन्दा बढी मत बदर भएको छ । प्रदेशसभाको समानुपातिकतर्पm मात्र २२.३४ प्रतिशत मत बदर भएको छ, जुन खसेको मतमध्ये १५ हजार ७ सय ६६ हो । कांग्रेस र एमालेले प्राप्त गरेको मतभन्दा बढी मत बदर भएको छ । कांग्रेसले १४ हजार ४ सय १८ र एमालेले १० हजार दुई सय ११ मत ल्याएका छन् ।

मतगणनाअनुसार प्रत्यक्षको तुलनामा समानुपातिकमा धेरै मत बदर भएको छ । ‘मतगणनाका बेला बदर मत भएको सुनाउँदा र देखाउँदा मन कटक्क दुख्यो’, मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले भने, ‘लोकतान्त्रिक चुनावमा मतदाताको एक मतको पनि ठूलो अर्थ हुन्छ । यति धेरै संख्यामा मत बदर हुनु चिन्ताको विषय हो ।’

प्रतिनिधि र प्रदेशसभाका लागि समानुपातिकमा खसेको मत ७० हजार पाँच सय ७० मा प्रदेशसभातर्फ ५४ हजार आठ सय चार मत मात्र सदर र प्रतिनिधिसभातर्पm ५९ हजार ७६ मत सदर भयो । प्रतिनिधिसभामामा बदर मत ११ हजार चार सय ९४ हो, जुन १६ दशमलव २९ प्रतिशत हो । समानुपातिकमा प्रतिनिधिसभातर्पmको तुलनामा प्रदेशसभामा चार हजार दुई सय ७२ बढी मत बदर भएको छ । धेरैजसो मतपत्रमा प्रतिनिधिसभाको चिह्न रहेको माथिल्लो भागमा मतदान गरेपछि तलतिर रहेको प्रदेशसभाको चिह्नमा मतदान नगरेको पाइएको छ ।


बदर भएको मत संख्या सुनाउँदा मन कटक्क दुख्यो । लोकतान्त्रिक चुनावमा मतदाताको एक मतको पनि ठूलो अर्थ हुन्छ ।
वासुदेवलाल श्रेष्ठ, मुख्य निर्वाचन अधिकृत

प्रतिनिधिसभामा कांग्रेसले १५ हजार आठ सय ४७ र एमालेले १० हजार पाँच सय ४५ मत पाएका छन् । माओवादी केन्द्रले २७ हजार दुई सय २० मत ल्याएको छ । प्रत्यक्षतर्पmका धेरैजसो मतपत्रमा एकभन्दा बढी चिह्नमा मत संकेत गरेको पाइएको मतगणनामा संलग्न कर्मचारीको भनाइ छ । माथिल्लो लाइनमा रहेको चिह्नमा लगातार छाप लगाउँदा मत बदर भएका छन् । कतिपयले मतपत्रमा ल्याप्चेसमेत लगाएको पाइएको छ । पत्याउँदा मसी लटपटिएका पनि छन् । चिह्न रहेको कोठाबाहिर मत संकेत गरिएको पनि भेटिएको छ ।

समानुपातिकतर्पm भने प्रतिनिधिसभाको चिह्न रहेको माथिल्लो भागमा मत संकेत गरेको तर तल्लो खण्डमा रहेको प्रदेशसभाको चिह्नमा नगरेको पाइएको छ । त्यसले पनि समानुपातिकमा धेरै मत बदर देखिएको हो । समानुपातिकतर्पmको मतपत्रमा माओवादी केन्द्र र एमालेका दुवै चिह्नमा मत संकेत गरेर पनि धेरै मत बदर भएको पाइएको छ ।

यसकारण बढ्यो बदर संख्या

जिल्ला निर्वाचन कार्यालयबाट मतदाता शिक्षा पर्याप्त मात्रामा हुन नसक्नु र दलहरूले पनि मतदातालाई मतदान गर्न सिकाउन नसकेकाले धेरै मत बदर भएको दाबी गरिएको छ । निर्वाचन कार्यालयले कात्तिक २५ गते मात्र मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिएर गाउँमा खटाएको थियो । ती स्वयंसेवकले घरघरमा पुगेर मतदाता शिक्षा दिन सकेनन् । मतदाता शिक्षा प्रभावहीन बनेका काररण बदर मतको संख्या बढेको सरोकारवालाको भनाइ छ । धेरै चिह्नमा मत संकेत हुनु, ल्याप्चे लगाएको पाइनु र समानुपातिको माथिल्लो खण्डको चिह्नमा मात्र संकेत गर्नुले मतदाता शिक्षा प्रभावहीन भएको मान्न सकिने उनीहरूले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.