विवेकशीलले समानुपातिकमा कुन प्रदेशमा कति मत पायो ?
काठमाडौँ : समानुपातिकमा प्रदेश नम्बर ३ मा राम्रो मत ल्याउन सफल भएको विवेकशील साझा पार्टीले अन्य प्रदेशमा सन्तोषजनक मत ल्याउन सकेको छैन। विवेकशीलले प्रदेश नम्बर ३ मा १ लाख २४ हजार ४ सय ४२ मत ल्याएको छ। अन्य प्रदेशमा २० हजारको हराहारीमा मात्रै मत ल्याएको छ ।
प्रदेश नम्बर १ मा २० हजार ९ सय ८२ र प्रदेश २ मा ४ हजार ४ सय ८८ ल्याएको छ। त्यस्तै प्रदेश नम्बर ४ मा १६ हजार ६ सय ७३, प्रदेश ५ मा १९ हजार ९७४, प्रदेश ६ मा १९ सय ४४ र प्रदेश ७ मा ८ हजार ३६९ मत ल्याएको छ।
प्रदेश नम्बर ३ बाहेकका ६ वटा प्रदेश सभामा विवकेशीलको प्रतिनिधित्व शुन्य हुने भएको छ। प्रदेश नम्बर ३ मा भने १.५ प्रतिशत भन्दा बढी मत ल्याएकाले विवेकशीलको प्रतिनिधित्व हुने देखिन्छ। प्रतिनिधिसभा तर्फ विवेकशीलले हालसम्ममा २ लाख १० हजार ४१ मत ल्याएको छ।
प्रतिनिधिसभा ३ प्रतिशत मत नल्याएकाले विवेकशीलले राष्ट्रिय दलको मान्यता नपाउने भएको छ। काठमाडौँ क्षेत्र नम्बर १ मा विवेकशीलका संयोजक रवीन्द्र मिश्रले कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई कडा चुनौती दिएका थिए। सिंहले १० हजार ९ सय ३६ मत ल्याउँदा मिश्रले १० हजार १ सय १८ मत ल्याएका थिए। मिश्र सिंहसँग ८१८ मतले पराजित भएका थिए।