समानुपातिकमा ७० हजारले एमाले अगाडि
काठमाडौँ : हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमाले ७० हजारको मतान्तरले नेपाली काँग्रेस भन्दा अगाडि रहेको छ। हालसम्म भएको मतगणना अनुसार समानुपातिक तर्फ नेकपा एमालेले ३१ लाख १३ हजार २ सय ६५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। नेपाली कांग्रेसले ३० लाख ४५ हजार ८ सय १० मत ल्याएको छ। एमाले र कांग्रेसको मतान्तर ६७ हजार ४ सय ५५ रहेको छ।
उता नेकपा माओवादी केन्द्रले १२ लाख ६६ हजार ७ सय ८ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरमले ४ लाख ५४ हजार ८५ र राष्ट्रिय जनता पार्टीले ४ लाख ३६ लाख ८९६ मत प्राप्त गरेका छन्।
एमाले, कांग्रेस, माओवादी, फोरम र राजपा मात्रै राष्ट्रिय दल हुने भएका छन्। समानुपातिकको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।