कांग्रेसलाई पछाडि पार्दै पर्सामा फोरम ठूलो दल
वीरगन्ज : पर्साको प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ संघीय समाजवादी फोरम पहिलो दल बनेको छ। जिल्लाका चार प्रतिनिधिसभा सदस्यमध्ये तीन र आठ प्रदेशसभामा पाँच सदस्य जितेको संघीय फोरमले समानुपातिकमा ५३ हजार आठ सय २१ मत पाएको छ।
प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा सदस्यमा साख राख्न असफल कांग्रेसले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकमा पनि दो श्रो स्थानमा चित्त बुझाउनु परेको छ।
चार प्रतिनिधिसभा सदस्य र आठ प्रदेशसभा सदस्य गरी कुल १२ स्थानमध्ये कांग्रेसले दुई प्रदेशसभा सदस्य मात्र जितेको थियो।
कांग्रेसले ५० हजार पाँच सय ९२ मत पाएको छ। तेस्रो स्थामा रहेको एमालेले २२ हजार एक सय ५६ मत पाएको छ।
अर्को मधेसी दल राजपा नेपालले भने १७ हजार चार सय १४ मत प्राप्त गरेको छ। माओवादी केन्द्र ११ अजार आठ सय १९, नेपाल संघीय समाजवादी पार्टीले ११ हजार एक सय ६३, राप्रपाले चार हजार एक सय ५१, राप्रपा प्रजातान्त्रिक एक हजार तीन सय ७५ मत र विवेकशिल साझा पार्टीले एक हजार तीन सय एक मत पाएको छ।
यस्तै पर्सामा प्रदेशसभा समानुपातिकमा पनि फोरम नेपाल नै एक नम्बरमा छ। फोरम नेपालले ५१ हजार दुई सय २० मत पाएको छ।
दोस्रो स्थानमा रहेको कांग्रेसले ४५ हजार दुइ सय ७३, तेस्रो भएको एमालेले १९ हजार एक सय ९८ मत प्राप्त गरेको छ। चौथो स्थानको राजपा नेपालले १५ हजार पाँच सय २३ मत प्राप्त गरेको छ।
संघीय समाजवादी पार्टीले १२ हजार एक सय २० मत, माओवादी केन्द्रले १० हजार पाँच सय ९२, राप्रपाले चार हजार एक सय ५४, राप्रपा प्रजातान्त्रिकले दुई हजार नौ र विवेकशील साझा पार्टीले नौ सय १६ मत प्राप्त गरेको छ।
पर्सामा कांग्रेसको गढ भत्काएर प्रत्यक्षतर्फका १२ मध्ये फोरम एक्लैले तीन प्रतिनिधसभा सदस्य र पाँच प्रदेशसभा सदस्य गरी आठ स्थानमा विजयी भएको छ।
राजपाले प्रत्यक्षतर्फ एक प्रतिनिधिसभा सदस्य र एक प्रदेशसभा सदस्य जितेको छ। कांग्रेसले भने प्रत्यक्षतर्फ दुई प्रदेशसभा सदस्य मात्र जितेको छ।