थ्रेसहोल्डले छोएन ‘सानालाई’

थ्रेसहोल्डले छोएन ‘सानालाई’

काठमाडौं : प्रत्यक्षतर्फ सिट जितेर पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेपछि नेमकिपा, राप्रपा, राजमो, नयाँशक्तिलगायत दल राष्ट्रिय मान्यताबाट वञ्चित भए पनि अघिल्लो संसद्मा एक-दुई सिट जितेर पटक-पटक मन्त्री बनेका साना दलका नेताहरूचाहिँ सुरक्षित भएका छन् ।

तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि साना दलका नेताहरू ठूला पार्टीमा प्रवेश गरेर सुरक्षित बनेका हुन् । चुनावको मुखमा हतार-हतार पार्टी एकीकरण गर्दै ‘ठूलो’ बनेपछि थ्रेसहोल्डले उनीहरूलाई खासै असर गरेन । थ्रेसहोल्डका कारण मधेसवादी दलहरू एक भए भने एक-दुई सिटे दलका नेताहरू एमाले, कांग्रेस र माओवादीमा समाहित भए ।

राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) की सीमाकुमारी विक चुनावको मुखमा नयाँ शक्तिमा प्रवेश गरिन् भने राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) का शिवलाल थापा फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगे । नेपाल परिवार दलका —एकनाथ ढकाल र मिलनकुमार राजवंशी एमाले प्रवेश गरे । थरुहट तराई पार्टीका गोपाल दहित फोरम लोकतान्त्रिक हुँदै कांग्रेसबाट प्रत्यक्षतर्फ नै टिकट लिए । गंगा चौधरी सत्गौवा नयाँ शक्ति हुँदै एमाले पुगेर सुरक्षित भए भने अखण्ड नेपालका कुमार खड्का कांग्रेसमा, जनजागरण पार्टी नेपालका लोकमणि ढकाल एमालेमा, मधेस समता पार्टी नेपालका मेघराज नेपाली एमालेमा प्रवेश गरेका छन् ।

अघिल्लो संसद्मा एक-दुई सिट जितेर पटक-पटक मन्त्री बनेका साना दलका नेताहरू ठूलामा गाभिएर सुरक्षित भएका छन

नेपाली जनता दलका हरिचरण साह, नेपाः राष्ट्रिय पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की रुक्मिणी चौधरी आफैँ चुनावमा होमिए भने समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह माओवादी केन्द्रमा प्रवेश गरे । दलित जनजाति पार्टीकी यशोदाकुमारी लामा फोरम लोकतान्त्रिक हुँंदै कांग्रेसमा सहभागी भइन् । दुई-दुई सिटका तीन र एक-एक सिटका १० पार्टीमध्ये कतिपय एक्लै र कतिपय ठूला दलमा समाहित हुँदै निर्वाचनमा सहभागी भए ।

उनीहरूलाई तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्थाले कुनै असर नै गरेन ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) रुक्मिणी चौधरी आफैँ चुनावमा गएर पार्टीको अस्तित्व बचाएको दाबी गर्छिन् । उनले अन्नपूर्णसँग भनिन्, ‘पार्टी चुनावमा होर पनि कुनै पार्टीमा समाहित भइनँ, आगामी दिन पनि थारूहरूको हक-हितका लागि अघि बढ्नेछु ।’ परिवार दलका अध्यक्ष एकनाथ ढकालले गणतन्त्रको संस्थागत विकासका लागि परिवार दल एमालेमा समाहित भएको बताए ।

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको शुक्रबार राति ९ बजेसम्म ७३ जिल्लाको समानुपातिक प्रणालीतर्फको मतगणना सकिएको छ । सुनसरी क्षेत्र २ र ३, सर्लाही क्षेत्र २ र ३, सुर्खेत क्षेत्र १ र कैलाली क्षेत्र १ को गणना पनि टुंगिने चरणमा रहेको आयोगले जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले दिएको जानकारीअनुसार एमालेले ३१ लाख २४ हजार ७ सय ४७, कांग्रेसले ३० लाख ६० हजार ८ सय ५०, माओवादी केन्द्रले १२ लाख ७३ हजार ७ सय ३१, संघीय समाजवादी फोरम नेपालले ४ लाख ५९ हजार ७१, राष्ट्रिय जनता पार्टी नेपाल ३ लाख ८३ हजार ७०६, नेपाल विवेकशील साझा पार्टी २ लाख ६६ हजार ५३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख ८९ हजार ८३ हजार २ सय ८० मत पाएका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ८३ हजार १ सय ४३, नयाँ शक्ति पार्टी ७६ हजार १ सय ९४, नेपाल मजदुर किसान पार्टी ५२ हजार ६ सय ९३ र अन्य दलले ३ लाख ५० हजार ८ सय १६ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.