मतदाता शिक्षा प्रभावहीन

मतदाता शिक्षा प्रभावहीन

प्युठान : स्थानीय तहको तुलनामा प्रतिनिधि तथा प्रदेशसभा चुनावमा बदर मतको संख्या बढेको छ । स्थानीयमा जिल्लाभर २ प्रतिशत मत बदर भएकोमा यसपटक करिब ८ प्रतिशत बदर भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खसेको कुल मतमध्ये समानुपातिकतर्फ १० हजार तीन सय ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ ।

प्रत्यक्षतर्फ ६ हजार तीन सय ३५ मत बदर भएको छ । ‘धेरैजसो एउटै मतपत्रमा क्रमशः धेरै पार्टीलाई भोट हालेको भेटियो', मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले भने, ‘स्थानीयमा पनि यस्तै पाइएको थियो ।' कतिपय मतदाताले औठाछाप समेत हानेको भेटिएको उनले जानकारी दिए ।

बदर मतको संख्याले समेत निर्वाचनका लागि जिल्लामा लाखौं रुपैयाँ खर्चेर गरिएको मतदाता शिक्षा कार्यक्रम प्रभावहिन देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर २ सय स्वयंसेविका परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

गाउँ तहसम्म कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बदरमतको संख्या बढेको सर्वसाधारणको भनाइ छ ।

जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुवँरका अनुसार मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लामा कुल ३६ लाख रुपैयाँ बजेट खर्च गरिएको छ । मतदाता शिक्षाका लागि ३० लाख र तालिम सञ्चालन वापत् ६ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । ‘समय छोटो हुँदा पनि कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न सकिएन', उनले भने, ‘स्थानीयको तुलनामा यसपटकको मतपत्र समेत अप्ठ्यारो थियो । दलहरूले समेत मतदाता शिक्षा सँगसँगै लगेको भए बदर कम हुने थियो ।'

निर्वाचन कार्यालयले मतदाता शिक्षाका लागि वितरण गर्ने प्रचार सामग्रीहरू राम्रोसँग मतदाता सामु नपुर्‍याएको मतदाताको गुनासो छ । जिल्लाभर एक लाख ३८ हजार ६ सय ४१ मतदातामध्ये ९० हजार चार सय १३ जनाले मतदान गरेका थिए । बाम गठवन्धनका उम्मेदवार धेरै मत बदर भएको छ ।

शुक्रबार घोषणा गरिएको अन्तिम मतपरिणाम अनुसार जिल्लामा एमाले पहिलो पार्टी बनेको छ । २४ हजार सात सय ६३ मत लिएर यसपाली पनि एमाले पहिलो पार्टी बनेको हो । कांग्रेससँगको मतान्तर एमालेको एक हजार नौ सय १७ मात्र छ । कांग्रेसले २२ हजार आठ सय ४६ मत पाएको मुख्य निर्वाचन अधिकृत सेनले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा पनि एमाले जिल्लाको पहिलो पार्टी बनेको थियो । तेस्रो बनेको राष्ट्रिय जनमोर्चाले १५ हजार चार सय ७४ र चौथो दल माओवादी केन्द्रले १४ हजार ८२ मत पाएको छ । सबै दलले स्थानीय तहकै हैसियतमा आफ्नो अस्तित्व कायम गरेका छन् ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ जिल्लामा सबै क्षेत्रमा बाम गठवन्धनका साझा उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा राजमोका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल, प्रतिनिधिसभा सदस्यतर्फ (क) मा एमालेका हरी रिजाल र (ख)मा माओवादी केन्द्रका कृष्णध्वज खड्का विजयी भएका छन् ।

जिल्लामा तीन ठूला वाम दल एमाले, राजमो र माओवादी केन्द्रले चुनावी तालमेल गरी अघि बढेका थिए । कांग्रेसँग राप्रपा मिसिएको थियो । विगतका निर्वाचनमा बोलियो देखिएको राजमो यसपाली तेसो शक्तिका रुपमा झरेको छ । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्युठानबाट ५ सय ६४ मत ल्याएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.